”BSN को मन जाडोमा न्यानोपन” भन्ने नाराको साथ BSN ले सुरु गरेको यस अभियान अन्तर्गत दोस्रो कार्यक्रम धादिङ जिल्लाको कुम्पुर भन्ने ठाँउमा रहेको श्री सुन्दरी निम्न माध्यमिक विद्यालयमा पढ्ने दलित,पिछडिएको,आर्थिक रूपमा कमजोर र भुकम्पबाट प्रभावित ७५ जना भाइ बहिनीहरुलाइ जाडोमा न्यानो कपडा लगाउनबाट बन्चित नहोस भनेर स्कुलमा लगाउने स्विटर र मोजा हिजो वितरण गरेको छ ।
भौगोलिक विकटताको बावजुद पनि हामी त्यस ठाउँमा गएर सहयोग गरेर आउन पाउँदा निकै खुसी र गर्ब महसुस गरेका छौँ।हामी धन्यवाद दिन चाहान्छौ युवा विद्यार्थी नेता तथा समाजसेवि बच्च्न कार्की,जापानमा रहनु भएको BSN ग्रुपको सकृय सदस्य सुनिता घिमिरे जसले जापानबाट हामीलाई सहयोग गर्नु भयो, निर्माण ब्यवसाही तथा समाजसेबी बाबुराम भन्दारी र बिनोद सिटौला,यस ग्रुपलाई सधै सहयोग र साथ दिने साथी पुर्णिामा थापा,नवीना थापा दाजु दिपेन्द्र अधिकारी,देश बाहिर रहेर पनि यो समाज र देशको लागि केही गर्नु पर्छ भन्ने सोच राख्दै आफ्नो बुवा महेन्द्र बाबु पाण्डे र आमा चन्द्रकला पाण्डे को नाममा सहयोग गर्नु हुने भाइ अनन्त पाण्डे हाम्रो अग्रज दाजु तथा प्रेरणाको स्रोत युवा ब्यवसाही दिपक ढकाल यी सहयोगी हातहरु,मनहरुले गर्दा यो कार्यक्रम सफल र सम्भव हुन सक्यो ।र साथै BSN ग्रुपका साथीहरू विशाल पौडेल,शिशिर थापा,सन्तोष शाह,पल्लव त्रिपाठी,समुन्द्र पाण्डे र कार्यक्रमको लागि स्कुलसङ संयोजन गरि सहयोग गर्नु हुने साथी सगर कार्की र उमेश घलेलाई पनि हामी हृदयदेखि धन्यवाद दिन चाहाछौं।र यसरी नै सधै भरी हामीले अरुको लागि गर्न पाँउ दिन पाँउर यो हाम्रो अभियान निरन्तर रहि रहनेछ, भनेर फेसबूक ग्रुप का मेम्बर अनिस त्रिपाठी ले सवाल नेपाल लाई जानकारी दिनु भयो ।




