बिहे गर्नको लागि आफ्नी १७ वर्षकी प्रेमिकालाई भगाएका युवक उनै प्रेमिकाको लाश लिएर प्रहरी चौकी पुगेपछि हंगामा भएको छ । प्रहरीले ती युवकलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
भारतको हरियाणाको सिरसा जिल्लाको एलनाबाद थानामा ती युवक शनिबार प्रेमिकाको लाश लिएर पुगेका हुन् । राजस्थानको श्रीगंगानगरका जोगिन्दर सिंह नामका ती युवकले एलनाबादकी १७ वर्षकी पवनदीप कौरलाई गएको नोभेम्बरमा भगाएका थिए । प्रहरीका अनुसार पवनदीपका परिवारले एलनाबाद थानामा जोगिन्दरविरुद्ध १५ नोभेम्बरमा अपहरणको उजुरी दिएका थिए ।
जोगिन्दरले प्रहरीलाई बताएअनुसार पवनदीप र उनी गएको नोभेम्बर ९ तारिखमा बिहेका लागि भागेका थिए । यस क्रममा उनीहरु फरक फरक शहरमा रहे । दुवै विवाह गर्न चाहन्थे तर पवनदीपको उमेर कम भएका कारण बिहे गर्न सम्भव भएन । यही बीचमा पवनदीप बिरामी भइन् ।
उनलाई बठिंडाको एक अस्पतालमा उपचारको लागि लगिएकोमा त्यहाँका डाक्टरले उनलाई चण्डीगढको पीजीआइ रिफर गरेका थिए जहाँ शनिबार उपचारको क्रममा उनको मृत्यु भयो ।



