एजेन्सी ।
भारतमा एक महिला बाघको आक्रमणबाट बाँच्न सफल भएकी छन् । पश्चिमी महाराष्ट्र राज्यमा बाख्रा खान आएको बाघसँग लठ्ठीको सहाराले जुधेकी २३ वर्षिया रुपाली मेश्राम बाघको आक्रमणबाट बाच्न सफल भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् । बाख्रा खान आएको बाघलाई रुपालीले लठ्ठीले प्रहार गरेकी थिईन् । त्यसपछि घम्साघम्सी भएको थियो । बाघको आक्रमणबाट उनकी आमा समेत घाईते भएकी छन् ।

आमाले रुपालीलाई घरभित्र तानेर बचाएको रुपालीको भनाई छ । आमा छोरी सामान्य उपचारपछि घर फर्केपनि उनीहरुले आफ्नो बाख्रा बचाउन सकेनन् । घटनापछि रुपलीकी आमाले भनिन् “त्यस बखत मलाई मेरी छोरी बाँच्दिनकी जस्तो लागेको थियो । शरिरमा रगत बोकेर मेरी छोरी बाघसँग लडि रहेकी थिईन् ।” उनीहरुले घटनापछि वनपालेलाई खबर गरेका थिए । तर उनीहरु ढिलो आएका कारण बाघ भागिसकेको बताईएको छ ।

त्यस क्षेत्र बन्य जन्तु आरक्षण नजिक रहेकाले जंगली जनवारको त्रास रहेको बुझिएको छ । उनीहरुले अझैपनि यस्तो घटना हुनसक्ने बताउदै आफूहरुलाई डर लागेको बताएका छन् ।
डिसी नेपाल बाट साभार



