एजेन्सी। फिल्मको बाथटप सीन रिलीज गरेको अभियोगमा भोजपुरी फिल्मका एक निर्देशक उपेन्द्र कुमार वर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। फिल्मको उक्त सीन रिलीज गरेको भन्दै  उनीविरुद्ध उजुरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

उक्त भिडियोमा देखिएकी अभिनेत्रीले निर्देशक वर्मा विरुद्ध उजुरी दर्ता गराएकी थिइन्। उनका अनुसार निर्देशकले शर्ट फिल्मका लागि गरिएको मेकअपकालागि १५ हजार रुपैयाँ मागेका थिए। सो फिल्मको शुटिङ जुन २०१७ मा भएको थियो।

न्युज डट कममा प्रकाशित समाचार अनुसार वर्माको एक अँध्यारो अफिसमा शुटिङ गरिएको थियो। बाथटप सीन शुटिङ गर्दा आफ्नो टावेल खुला भएको र सो सीन निर्देशकले लीक लगेको आरोप अभिनेत्रीले लगाएकी छन्। उनले आफूले वर्मा प्रहरीलाई उक्त सीन मेटाउन अनुरोध गरेको तर केही दिनपछि उक्त सीन यूट्युवमा राखिएको बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय