चिसो मौसममा रुघाखोकीको समस्याले सताउन सक्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । जसका कारण नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुने समस्या देखिन्छन् । यदी नाक बन्द भयो भने घरेलु उपायले समधान गर्न सकिन्छ ।
यसो गर्नुहोस्
बाफः पानी उमालेर त्यसमा पुदिनाका पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।
कागती चियाः कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने नाक खुल्छ ।
सर्स्युँको तेलः एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस्, नाक खुल्छ ।
नूनपानीः पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।
महः महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् ।
नीलगिरीको तेल अनि लसुनको सूपले पनि बन्द नाक खुलाउँछ ।
नाक सेक्नेः एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ ।
तुलसीको पातः बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ । एजेन्सी



