एजेन्सी । आफूलाई पुरुष भन्ने गरेको र दाइजोका लागि दुई जना महिलालाई झुक्याएर विवाह गरेको आरोपमा भारतीय प्रहरीले एक महिलालाई पक्राउ गरेकाे छ ।कृष्णा सेन नाम गरेकी ती महिला बुधवार भारतको उत्तराखण्ड राज्यबाट दाइजो मागेको आरोपमा पक्राउ परेकी हुन्। भारतमा दाइजो माग्नु कानुनविरुद्ध हुन्छ। सोधपुछका क्रममा मात्रै उनी महिला भएको पत्ता लागेको प्रहरीले बतायो। प्रहरीका अनुसार पहिला स्वीटी भनेर चिनिने २६ वर्षीया सेनले सन् २०१४ मा पहिलो विवाह गरेदेखि पुरुषको भेषमा घुम्ने गरेकी छिन्।

पहिला कृष्णाले भनेका कुरा हामीले बुझ्नै सकेनौँ, वरिष्ठ प्रहरी अधिकृत जनमेजय खान्डुरीले भने। प्रहरीले स्वास्थ्य परीक्षण गराएपछि मात्र उनी महिला रहेको पत्ता लाग्यो।सेन आफ्नी पहिली श्रीमतीसँग विवाहलगत्तै छुट्टिएको र उनले अर्की महिलासँग गत वर्ष अप्रिलमा विवाह गरेको बताइएको छ। तर भूतपूर्व ससुराली पक्षले सेनले दाइजोका लागि आफ्नी छोरीलाई उत्पीडन गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेको थियो। उनीहरूले सेनले व्यापार गर्न भनी भारु आठ लाख ५० हजार सापट लिएको तर फिर्ता नगरेको आरोप पनि लगाएका छन्।

दक्षिण एसियामा बेहुलीका माइतीबाट बेहुलाको परिवारले पैसा, लुगा र गहना दाइजोका रूपमा लिने पुरानो चलन हो। भारतमा यसलाई सन् १९६१ मै प्रतिबन्धित गरिएको भए पनि दाइजो प्रथाले निरन्तरता पाइराखेको छ। प्रहरीका अनुसार सेनले उनीहरूलाई आफू सधैँ पुरुष हुन र पुरुषकै जीवन बाँच्न चाहेको बताइन्।

तर उनका बाबुआमालाई सेनका क्रियाकलापबारे थाहा भए नभएको भने स्पष्ट छैन। उनले विवाह गरेका दुवै महिलालाई सेनबारे केही शङ्का नभएको जस्तो देखिएको छ। उनका साथीहरू प्रायः पुरुष हुने गर्थे र उनी पुरुषकै शौचालय प्रयोग गर्ने गर्थिन् एवम् फरक शैलीमा बोल्ने गर्थिन्। कतै केही शङ्का नहोस् भनेर उनी पुरुष साथीहरूसँगै धूमपान र मदिरापान गर्ने र मोटरसाइकल चलाउने गर्थिन्। पुरुषको जस्तै केश, लुगा र व्यवहारले कृष्णा पुरुष जीवन नै व्यतित गर्ने गर्थिन्। कसैले कृष्णालाई शङ्का गरेनन्अर्का प्रहरी अधिकृतले भने। अझ उनी एउटा आत्मविश्वासपूर्ण पुरुष जसरी हिँड्ने गर्थिन्, उनले बताए।

साभार पूवैर्ली न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah