अस्ट्रेलियाको पर्थ सहरकी यी महिला ७० वर्षकी छिन् । क्यारेलिन हर्टजनामकी यी महिला तीन सन्तानकी आमा हुन् र हेर्दा उनी ३५ वर्षकी देखिछिन्न् जबकि उनको उमेर अनुमान गरिएभन्दा दोब्बर छन् । उनले आफू सुन्दर र जवान रहनुको राज बताइन् तर धेरैले उनको आलोचना गरे र उनलाई धोकेबाजको आरोपसमेत लगाएका छन् ।
क्यारोलिन आफ्नो जवान लुकको सबैभन्दा ठूलो राज चिनी नखानु भएको बताउँछिन् । ४१ वर्षको उमेरमा आफू प्रिय डाइबिटिक भएको थाहा पाएपछि उनले अहिलेसम्म चिनी खाएकी छैनन् । २८ वर्षदेखि उनले चिनी खाएकी छैनन् । यही कारण उनी जाइलीटलको प्रयोग गर्छिन् जसले उनको खानपानमा चिनीको कमीलाई पूर्ति गर्छ । यसका अलावा उनी नियमित एक्सरसाइज गर्छिन् ।
उनी नियमित बास्केटबल खेल्छिन् । उनले ४५ वर्षको उमेरदेखि बास्केटबल खेल्न थालेकी हुन् । क्यारोलिनका अनुसार उनी पर्याप्त निदाउँछिन् । यो पनि उनको सुन्दरता र फिट शरीरको लागि सहयोगी रह्यो । यद्यपि उनले गाली खानुको कारण भने अर्कै छ । उनले गाली खानुको कारण उनको व्यवसाय हो ।
क्यारोलिन उद्यमी पनि हुन् । उनी स्विटलाइफ नामको कम्पनी चलाउँछिन् । यो कम्पनीले गुलियो खानेकुराहरु बनाउँछ । यद्यपि उनको कम्पनीले चिनीको सट्टा जाइलिटलको प्रयोग गर्छ । मानिसहरु भने जाइलिटललाई सामान्य चिनीभन्दा हानिकारक बताएका छन् । उनीहरुले क्यारोलिनले आफ्नो फिटनेस र लुकको बहानामा आफ्नो कम्पनीका उत्पादनको विज्ञापन गरिरहेको आरोप लगाएका छन् । केही मानिसहरुले भने सुविधासम्पन्न जीवन भयो र आफूलाई मेन्टेन गर्नेबाहेक काम नै भएन भने जो कोही फिट र सुन्दर देखिने बताएका छन् ।



