काठमाडौं, ७ पुस । पूर्वराज ज्ञानेन्द्र शाह अर्को महिना भारत भ्रमणमा जाने भएका छन् । उडीसाको पुरीस्थित गोवर्द्धन पीठमा आउँदो माघ ५ देखि ७ गतेसम्म हुने विमला भवानीको मूर्ति प्रतिस्थापन विशेष सहारोहमा उनी त्यसतर्फ जान लागेका हुन् ।
सोही स्थानमा शंकराचार्य जगद्गुरु स्वामी निश्चलानन्द सरस्वतीको आश्रम पनि रहेको छ ।
उनले पहिलो दिनको कार्यक्रममा सहभागिता जनाउने इच्छा प्रकट गरेको जनाइएको छ । पूर्वराजा नै भएपनि कुनै बोला विश्वको एक मात्र हिन्दु सम्राट भएको हिसाबले उनलाई त्यहाँ निम्त्याइएको हुन सक्ने स्रोतहरुले बताएका छन् ।
उडिसा जाँदा भारतका अन्य क्षेत्रमा पनि उनले भ्रमण गर्नसक्ने र कूटनीतिक तथा राजनीतिक भेटघाट पनि हुन सक्ने स्रोतहरुले बताएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।



