सिडिएस एण्ड क्लियरिङ्ग लिमिडेडले पौष महिना भित्रै थप दुई क्लियरिङ्ग बैंक थप्ने भएको छ । कम्पनीले अहिले धितोपत्र कारोबारको राफसाफ एक मात्र ग्लोबल आईएमई बैंक मार्फत गर्दै आइरहेको छ ।

नेट सेटलमेन्टसहितको नयाँ क्लियरिङ बैंक भित्र्याउन लागिएको हो ।

अब क्लियरिङ बैंकको संख्या तीनवटा पुग्नेछ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड सातौं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले नेटिङसहितको नयाँ क्लियरिङ बैंक थप्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले क्लियरिङ बैंकको संख्या सुरुमा तीनवटा पुर्याइने बताए । आवश्यकताका आधारमा अरु पनि थप्दै जाने योजना नेप्सेले बनाएको छ ।

नयाँ क्लियरिङ बैंक थप्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सिस्टममा अपग्रेड गरिरहेको प्रमुख कार्यकारी देव प्रकास गुप्ताले जानकारी दिए ।

“यसको परीक्षणसमेत भइसकेको छ । परीक्षण सफल भइसकेकाले अब केही दिनभित्रै राफसाफ बैंक छनोट प्रक्रिया अगाडि बढाउछौ गुप्ताले भने ।

नेट सेटलमेन्टसहितको क्लियरिङ बैंक आएपछि ब्रोकर कम्पनी वा राफसाफ सदस्यले दिनभर गरेको कारोबारमा खरिदबापत बुझाउनुपर्ने रकम र बिक्री गरेबापत पाउने रकम नेट गणना गरिनेछ । नेटमा आएको हिसाबकिताबका आधारमा राफसाफ सदस्यले पैसा पाउने वा बुझाउने हुन सक्छ । यस्तो प्रणाली आएपछि राफसाफ पारदर्शी र छरितो हुने अपेक्षा गरिएको छ ।

अभौतिक सेयर कारोबार थाल्ने योजनासँगै ६ वर्षअघि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको स्थापना गरिएको थियो । अहिले डिम्याट प्रणालीमा गएपछि सेयर राफसाफको सबै काम सीडीएसले गर्दै आएको छ ।

सिडिएसले हाल ६० वटा कम्पनीहरुलाई निक्षेप सदस्यता प्रदान गरेको छ ।  सीडीएससी नेप्सेको सहायक कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah