दमक/झापाको दमक स्थित दमक बहुमुखी क्याम्पसको वार्षिक कार्यतालिका अनुसार आजबाट खेलकुद सप्ताह शूरु भएको छ ।
सप्ताहको उद्घाटन सशस्त्र प्रहरी बल पाथीभरा गणका गणपति प्रेमराज पोखरेलले गर्नुभयो । यस्तै उद्घाटनका क्रममा दमक बहुमुखीका कर्मचारी, प्राध्यपक र दमक उद्योग वाणिज्य संघबीच मैत्री पूर्ण फुटबल खेल भएको थियो । खेलमा वाणिज्य संघ विरुद्ध क्याम्पसका कर्मचारी, प्राध्यपकको टिमले  २–० को फराकिलो जित निकालेको छ । यस्तै आज प्रतियोगितात्मक बिभिन्न ३ खेलहरु सम्पन्न भएका छन् । फुटबल तर्फ ३ वटा खेल भएका छन् । जस अन्तरगत विएड तेश्रो बर्षलाइ २–० ले हराउदै विविएस ‘सी’ पहिलो वर्षले अघिल्लो चरण पार गरेको छ । त्यस्तै विविएस पहिलो वर्षले ३–० ले एमविएसलाई हराउदै पहिलो चरण पार गरेको हो । त्यस्तै फुटबल खेलमानै ब्यवस्थापन संकाय कक्षा १२ ले ३–१ को गोल अन्तरले प्लस टु शिक्षा र मानविकी संकायलाई हराउदै पहिलो चरण पार गरेको छ । त्यस्तै भलिबल तर्फ चार वटा टिम छनौट भएका छन् । कक्षा ११ ब्यवस्थापन संकायलाई  सोझो सेटमा हराउदै विएड तेश्रो वर्षले दोश्रो चरणको यात्रा तय गरेको छ । विविएस तेश्रो वर्षलाई हराउदै एमविएसले पहिलो चरण पार गरेको छ । त्यस्तै बिज्ञान संकाय ११ सि प्लस डी लाई हराउदै विविएस पहिलो वर्षले दोश्रो चरणको यात्रा तय गरेको छ भने बिज्ञान संकाय कक्षा ११ प्लस टु शिक्षा संकायलाई हराउदै दोश्रो चरणमा प्रवेश गरेको खेलकुद संयोजक पदम जवेगुले जानकारी दिनुभयो । यस्तै ब्यागमिन्टन तर्फ पहिलो चरणमा ५० जना विद्यार्थीबाट २५ जना छनौट भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah