यदि तपाईहरुलाई साच्चै नै केही चीजदेखि डर लाग्दैन भने यस होटलमा एक रात बिताउन सक्नुहुनेछ । यो होटलमा रात बिताउनु भनेको वास्तवमै दुनियाँमा सबैभन्दा निडर बन्नु हो । किनकि त्यहाँ रात बिताउदा मात्र थाहा हुन्छ, आखिर डर केलाई भनिन्छ भनेर ।

खासमा यो होटल एकजना सिरियल किलरको कथाबाट प्रभावित भएर बनाइएको छ । उक्त होटलमा बस्ने हरेक व्यक्तिले यस्तो डरको सामना गर्नुपर्दछ कि, उसले सायद आफ्नो जीवनमा त्यस्तो पहिले कहिल्यै पनि अनुभव गरेको होस् । खासमा यो होटल त्यस्ता मानिसहरुका लागि बनाइएको हो, जसलाई डरको सामना गर्दा मज्जा आउँछ । त्यसैले त्यहाँ जानेहरुको दह्रो मुटु हुन जरुरी रहेको छ ।

कमजोर मुटु भएकाहरुले त यस होटलका बारेमा सोच्न पनि पर्दैन । उक्त होटललाई १९ औँ शताब्दीको सुरुवाततिर मात्रै होटलको स्वरुप दिइएको थियो । बाहिरबाट हेर्दा यो निकै आलिशान लाग्दछ । त्यस समय अमेरिकामा एकजना सिरियल किलर निकै चर्चित रहेका कारण पनि उक्त होटल तयार गरिएको थियो ।

उक्त सिरियल किलरले होटलमा गएर मानिसहरुको हत्या गर्ने गर्दथ्यो । ती सिरियल किलरले सन् १८९१ देखि १९४९ को बीचमा करिब २ सय जनाको हत्या गरेका थिए । ती सबै हत्या होटलको कोठामा नै गरिएको थियो । सोही कारण त्यस समय मानिसहरुले उक्त होटलमा बास बस्न नै बन्द गरिदिएका थिए ।

उक्त घटना भएको शताब्दी बितिसकेको छ तर आजपनि उक्त किलरका बारेमा कुरा गर्ने गरिन्छ । उक्त हत्याराको नाम एच एच होम्स हो । उसको कथावस्तुमा आधारित केही फिल्म तथा नाटक पनि बनाइएका थिए । ती हत्यारालाई सन् १८९६ मा फिलाडेल्फियाको मोयामेन्सिग नामक जेलमा फाँसी दिइएको थियो ।
तर ती व्यक्ति जेलबाट भागेका थिए । त्यसपछि पनि होटलमा मानिसहरुको हत्या गर्ने क्रम जारी रहेको थियो । तर पछि भने यससम्बन्धि कुनै कुराहरु भने पत्ता लागेको थिएन ।

सोही अमेरिकी हत्याराको झल्को दिने गरी लण्डनमा उक्त होटलको निर्माण गरिएको हो । यो होटलको नाम होलो होटल रहेको छ ।

होटलभित्र कतिपय ठाउँ यस्ता तयार गरिएको छ कि मानिसहरुलाई लाग्छ कसैले मेरो हत्या गर्न चाहिरहेको छ । यदि तपाईहरुलाई पनि यस्तै डरको सामना गर्ने इच्छा र चाहना रहेको छ भने यस होटलमा एक रात बिताएर देख्न र महसुस गर्न सक्नुहुनेछ ।

सवालनेपाल टिभी 

https://youtu.be/cXYtYcN9Q48

https://youtu.be/eMfy2mUvwLU

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah