मोबाइल फोन, इन्टरनेट, फेसबुक, भिडियोगेम लगायतका प्रबिधिका कारण आजका बालबालिकाहरुले प्रायजसो पढाईलेखाईमा ध्यान दिन छोडेका छन् ।
तर यो भिडियोमा देखिएका यी स्कुटरमा सबार बालकलाई हेर्दा लाग्छ आम धारणा गलत हो । व्यस्त सडकमा एउटी महिलाले चलाईरहेको स्कुटरको पछाडि एउटा बालक अफ्नो स्कुलको गृहकार्य गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भइरल भैरहेको छ ।

भिडियोमा एउटी महिलाले स्कुटर निश्चिन्त भएर गुडाइरहेको देखाईको छ र उनको पछाडि एउटा स्कुले बालक बसेर गृहकार्य गरिरहेको छ । उसो त एउटी बालिका पनि सोही स्कुटरको अगाडी सबार छिन् ।
भिडियो हेर्दा लाग्छ आमा आफ्नी छोरोलाई स्कुलबाट घर ल्याउँदै छिन् । भिडीयोलाई अहिले सम्म हजारौ जनाले हेरिसकेका छन् र सकारात्मक कमेन्ट पनि गरेका छन् ।
तर व्यस्त सडकमा यसरी गुडिरहेको स्कुटरको पछाडि बालकलाई राखेकोमा केहीले स्कुटर चालक आमाको लापरबाही पनि भनेका छन् ।
हुर्नेुहोस् भिडियो :
सवालनेपाल टिभी



