भारतको बिहारस्थित भागलपुर जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ पाँच सय युवतीहरु आफ्नो लागि श्रीमान्को पर्खाइमा छन् । यसरी एउटा मामुली गाउँमै ५ सय जना युवतीहरु बिहे गर्न नपाएर त्यसै थन्किनु परेको घटना सानो होइन, र पर्नेलाई मात्र पीरको पीडा थाहा हुन्छ । वास्तवमा सन्हौली नामक उक्त गाउँका सयौँ युवतीहरु बिहे नै गर्न नपाएर जोवन ढल्काउँदै जान बाध्य हुनुको कारण एउटा नदी रहेछ । सन्हौली गाउँका युवतीहरुलाई बिहे गर्न छिमेकी कुनैपनि गाउँका युवाहरुले चाहँदैनन् । किनकी गाउँका केटी बिहे गरेपछि ससुराली आउन जान निकै गाह्रो छ ।

उक्त गाउँमा पुग्नका लागि चान्दन नामक नदी तर्नुपर्छ । नदीमा पुल छैन । पुलकै अभावमा छिमेकी गाउँहरु उक्त गाउँसँग रोटीबेटीको सम्बन्ध राख्न चाहँदैनन् । सोही कारण उक्त गाउँमा पछिल्लो २० वर्षदेखि कुनैपनि चेलीहरुको बिहे भएको छैन । सन्हौली गाउँको जनसंख्या ६ हजार जति छ । बिहे गर्ने उमेरका तरुनीहरु टन्नै छन् । तर २० वर्षदेखि त्यो गाउँमा कोहीपनि जन्ति आएको छैन । गाउँलेहरु आफैले चान्दन नदीमा एउटा कच्ची पुल बनाएका छन् । सोही जोखिमपूर्ण पुल तरेर गाउँलेहरु सहर जाने वा आफ्नै दैनिकी चलाउन गाउँ बाहिर जाने र घर फर्किने गर्दछन् । जोखिमपूर्ण पुल तर्नु कम्ता जोखिमपूर्ण छैन । गाउँलेहरुले त आफ्नै गुजाराका लागि जोखिम मोल्नैपर्यो । तर छिमेकी गाउँका मानिसहरुले सन्हौली गाउँमा नाता गाँसेर यस्तो जोखिम उठाउन चाहँदैनन् ।अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah