११ पुस । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बेठकमा केही न केही रोचक/घोचक भइरहन्छन् । केन्द्रीय समितिलाई बढाएर प्रचण्डले ३९९९ सदस्यीय बनाए पनि पदका लागि रुवाबासी गर्नेदेखि आत्महत्या गर्नेसम्मका धम्की पाउनबाट अध्यक्ष प्रचण्ड मुक्त हुन सकेका छैनन् ।

यस्तैमा केही समयअघि मात्रै पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा केही नेताले पदका लागि प्रचण्डसँग गरेको रुवाबासी तथा रडाको माओवादी केन्द्रका नेता कार्यकर्ताबीच अहिले चट्पटे मसला बनेको छ ।

धम्की र रुवाबासी गर्नेमा अंग्रपंक्तिमा देखिएकी माओवादी नेतृ शशी श्रेष्ठको चर्चाले माओवादीमा अरुभन्दा अलि बढी नै चर्चा पाएको छ । स्रोतका अनुसार, माओवादी केन्द्रकी नेतृ श्रेष्ठले केन्द्रीय समिति बैठकमा आफूलाई हेडक्वार्टरको कार्यालय सदस्य नबनाइएको भन्दै रुवाबासी ने गरेकी थिइन् ।

उनले पम्फा हुँदा म किन नहुने भन्दै असन्तुष्टि पोखेको बताइन्छ । असन्तुष्टि पोख्दै श्रेष्ठ डाँको छाडेर रुने अवस्थामा पुगेपछि उपस्थितिहरुले असजिलो महसुस गरेका थिए । ‘पार्टीको हरेक काममा मैले आफूलाई खरो उतार्दै आएकी छु,’ श्रेष्ठले पदका लागि गरेको रुवाबासी उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘तर, मलाई अहिले के कारण हेडक्वार्टरको कार्यालय सदस्य बनाइएन ?’

स्रोतका अनुसार, श्रेष्ठले हेडक्वार्टर कार्यालयको सदस्य नबनाइएको प्रति रोष प्रकट गर्दै प्रचण्डलाई राजीनामाकै धम्की दिएकी थिइन् । ‘मलाई अब यो पार्टीमा बस्नु छैन । म सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिन्छु’ श्रेष्ठले हिक्कहिक्क गर्दै दिएको चेतावनी उद्धृत गर्दै स्रोतले भन्यो । साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah