काठमाडौं, ११ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध उजुरी हाल्ने एमाले सांसदहरु पार्वत गुरुङ, रेवतीरमण भण्डारी, सुशील नेपाल र माओवादी सांसदहरु रामनारायण बिडारी र अमनलाल मोदीलाई समेत महाअभियोग सिफारिस समितिमा राखिएको संसदको निष्पक्षतामाथि प्रश्न उठिरहेको बेला एमालेले संसद अवरुद्ध गर्नुको रहस्य खुल्न थालेको छ ।

एक महिनाअघि दर्ता भएको महाअभियोग सिफारिस समितिले संसद अवरुद्ध नभएको भए प्रवेश पाउने भएकाले पनि एमालेले अदालतको मुख ताकेको बुझिएको छ ।

संसदको सिफारिस समितिमा महाभियोगको एजेन्डाले प्रवेश पाए एमाले नेताहरुले आफ्नै पार्टीका नेताहरु क–कसलाई कारबाही गर्ने, कसलाई छुट दिनुपर्ने भनी गरेको सिफारिस रेकर्डसहित सार्वजनिक हुने भएका कारण संसद अवरुद्ध गरेको रहस्य केही दिनमै सार्वजनिक हुने बुझिएको छ ।

‘जुनदिन मैले मुख खोल्नुपर्ला, त्यसदिन नेताहरुको वस्त कति बाँकी रहला ?’ भनिएको प्रमुख आयुक्त कार्कीको विज्ञप्तिले पनि यो कुरालाई पुष्टि गरेको छ । निकट स्रोतका अनुसार फलानो नेतालार्य अनुसन्धान गरिदिनुपर्‍यो  भन्दै नेताहरु नै अख्तियार पुग्ने गरेका थिए । जसका कारण उनले आवश्यक परे ती नेताहरुको पोल खोलिदिने चेतावनी दिएका हुन् ।

तरुण साप्ताहिकले लेखेको छ, तरुणको जिज्ञासामा स्रोतले भन्यो, ‘प्रायः सबैजसो एमाले नेतासँगको संवाद सुरक्षित छ, त्यसमध्ये अधिकांशले फलानोलाई मुद्दा चलाउनु भएन, उन्मुक्ति दिनुपर्यो भनेका छन्, केही भने, फलानो नेतालाई कारबाही गरिदिनुपर्‍यो ।’

यसमध्ये एउटा उदाहरण दिँदै उनले भने, ‘एमाले नेता विष्णु पौडेलले सुवास नेम्वाङ र अग्नि खरेलमाथि छानबिन गरिदिनुपर्‍यो भन्दै आग्रह गरेको सुनेको छु । एमाले अध्यक्ष खड्गप्रसाद ओलीले माओवादी र कांग्रेसका केही नेताहरुमाथि छानबिन गरिदिनुपर्यो भनेको रेकर्ड पनि छ भन्ने मैले सुनेको छु ।’

स्रोतका अनुसार नेताहरुसँगको संवादको रेकर्ड सार्वजनिक भयो भने एमालेभित्र यति ठूलो भुईंचालो आउने छ कि त्यसले पार्टी एक रहने सम्भावनासमेत टुट्ने बुझिएको छ । देशले सबैभन्दा सुरक्षित ठानेको सर्वोच्च अदालतमा हाजिर हुन गएका प्रमुख आयुक्त कार्कीलाई गत विहीबार विप्लव माओवादी समूहका दुईजना कार्यकर्ताले कालोमोसो दलेका थिए । तरुण साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah