क्यान्सरको नामले नै हामी थर्कमान हुनेगर्र्छौ र भन्ने गर्छौ ‘यस्तो रोग त सत्रुलाई पनि नलागोस् ।’ क्यान्सर एक भयावह रोग हो जसको उपचार कठिन मात्र छैन, कतिपय अवस्थामा असंभव पनि ह्ने गर्छ । यद्यपी क्यान्सरको लक्षण सुरुवाती अवस्थामै थाहा भयो भने, उपचार हुन्छ । क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएकाहरु हाम्रै समाजमा धेरै छन् ।
क्यान्सर किन लाग्छ रु यसका अनेक कारण हुन्छन् । त्यसमध्ये पनि अस्वस्थ्य जीवनशैली मूख्य कारण मानिएको छ । जीवनशैली भन्नसाथ खानपान जोडिने भइहाल्यो । खानपानकै कारण क्यान्सर लाग्न सक्छ, क्यान्सर प्रतिरोधी गुण पनि खानेकुरामै हुन्छ । तर, सही खानेकुरा छनौट गर्नुपर्छ । हाम्रो भान्साकोठामा नै धेरै खानेकुराहरु छन्, जसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । के हुन् त ती खानेकुरा ः
टमाटर
टमाटरमा हुन प्रोटिनले शरीरमा क्यान्सरको प्रभावबाट हुने खतराहरु कम गर्छ । त्यसैले आफ्नो दैनिक खुराकमा टमाटरलाई समावेश गर्न बिर्सनु हुन्न ।
कागति
कागतिको रस क्यान्सर रोगीहरुका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट शरीरमा क्यान्सर लाग्न पाउँदैन ।
ग्रीन टी
एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण ग्रीन टीले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टि मूख्य मानिन्छ ।
तुलसी
तुलसीलाई ‘क्यान्सर किलर’ भने पनि हुन्छ । तुलसीको नियमित सेवनले शरीरका अनेक रोगहरु समाप्त हुँछन् । हरेक दिन तुलसीको २ वा ३ पत्ता खाने गर्नुस । यसबाट क्यान्सर त के ज्वरो पनि आउँदैन ।
गाईको दुध
गाईको दुधमा यति शक्ति हुन्छ कि यसले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउनुका साथसाथै हामीलाई कैयन रोगहरुबाट बचाउँछ । गाईको दुधको नियमित सेवनबाट हामी क्यान्सरलाई पर धकेल्न सक्छौ ।
बेसार
हाम्रो खानपिनमा बेसारको विशेष स्थान हुन्छ । यसको प्रयोग शुभ कार्यमा पनि गरिन्छ । बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । त्यसैले यसको नियमित सेवन गर्नुस । बेसारको नियमित सेवनले क्यान्सरलाई छेउछाउ आउन दिँदैन ।
पानी
पानी जतिसक्दो धेरै पिउने गरौं । दिनभरमा कमसेकम ३ देखि ५ लिटर त पिउनै पर्छ । फोहोर पानीको सेवनबाट भने बच्नुपर्छ किनभने यसले क्यान्सरलाई निम्तो दिन सक्छ । राति तामाको भाँडोमा पानी भरेर राख्नुस । यसमा ३ वा ५ तुलसीको पत्ता हाल्नुपर्छ । बिहान खाली पेटमा यो पानी पिउने गरौं । क्यान्सरबाट बच्ने यो एकदमै प्रभावकारी उपाय हो ।
नीम
नीमलाई आयुर्वेदमा सर्वरोग नाशक भनिएको छ । नीममा क्यान्सरसँग लड्ने शक्ति पनि हुन्छ । क्यान्सरको रोगीले यदि दैनिक नीमको ८ देखि १० पत्ता खुवाउने हो भने उसको स्वास्थ्यमा चाँडै सुधार देखिन थाल्छ ।
सोयाबिन
सोयाबिनमा क्यान्सरसँग लड्ने शक्ति हुन्छ । यसमा हुने ओमेगा ३ ले शरीरमा पोषक तत्व पुर्याएर क्यान्सरको प्रारम्भिक लक्षणहरुलाई पहिले नै रोकिदिन्छ । त्यसैले भोजनमा भोजनमा सोयाबिन बढिभन्दा बढि प्रयोग गर्नुस । यसले ट्यूमरलाई बढ्न दिँदैन ।
दही
दहीले आन्द्रामा हुने क्यान्सरबाट बचाउँछ । दहीमा हुने ब्याक्टेरिया क्यान्सरबाट लड्न सहयोगी हुन्छ । यसले शरीरमा क्यान्सर बढ्नबाट रोक्छ ।
नरिवल पानी
नरिवल पानीको सेवनले आन्द्रा र कलेजोको क्यान्सरमा फाइदा मिल्छ । साथै यसले क्यान्सरको सम्भावनालाई पनि घटाउँछ । त्यसैले नियमितरुपमा नरिवल पानीको सेवन गर्नुस ।
बेल
बेलको जुस पनि क्यान्सर रोक्न प्रभावकारी हुन्छ । यसको सेवनले ब्लड क्यान्सर र हड्डीको क्यान्सरको प्रभाव कम भएर जान्छ ।
गाजर
गाजरको सेवन स्वास्थ्यका लागि जति फाइदाजनक छ । क्यान्सरको रोकथामका लागि पनि त्यत्तिकै असरदार छ । गाजललाई सलादको रुपमा खाए पनि हुन्छ, जुस बनाएर पिए पनि हुन्छ ।
लसुन
क्यान्सरको रोगहरुका लागि लसुन एउटा औखति जस्तै हो । क्यान्सरका रोगीहरुलाई यदि लसुन पिसेर पानीमा घोलेर खुवाइयो भने यसबाट क्यान्सर भएकाहरुलाई औधि फाइदा पुग्छ । क्यान्सरबाट बच्नका लागि लसुनको पानी जसले पिए पनि हुन्छ ।
चुकन्दर
चुकन्दरको आधा कप जूस दिनमा २ देखि ३ पटक पिउँदा क्यान्सर प्रारम्भिक लक्षणमै रोकिन्छ ।
अंगुर
अंगुरको सेवन वा अंगुको जुन पिउनाले पनि क्यान्सरलाई रोक्न सकिन्छ ।
अदुवा
अदूवाको रस दिनमा दुईपटक दुई चम्चाको मात्राले सेवन गर्दा क्यास्रबाट निक राहत प्राप्त हुन्छ ।
https://youtu.be/AWxRcMJRkN4



