११ पुस । आगामी निर्वाचनअघि जसरी पनि सरकारमा पुग्ने रणनीति बनाएको नेकपा एमालेका लागि बुटवल आन्दोलन निल्नु न ओकल्नु भएको छ । बुटवल केन्द्रित आन्दोलनले एमालेभित्रै अन्तरसंर्षष बढाएको छ । अध्यक्ष केपी ओलीले बुटवल आन्दोलनलाई आफ्नो पक्ष बलियो बनाउने र माधव नेपाल पक्षलाई कमजोर पार्ने कार्यनीतिको रुपमा उपयोग गर्न थालेपछि अन्तरसंघर्ष चर्किएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग कार्यगत एकता गरेर भए पनि संघीयताविरुद्ध आन्दोलन गर्ने अध्यक्ष ओलीको तयारीबारे स्थायी कमिटीको आगामी बैठकमा कुरा उठाउने तयारी अभएको बुझिएको छ ।
नेपाल पक्षका घनश्याम भुसा र योगेश भट्टराईलाई ओली पक्षले संघीयता विरोधी योजना निर्माणकर्ताको रुपमा पार्टीभित्र परिचालन गरेपछि माधव पक्षमा छटपटी सुरु भएको छ । उनीहरुले संघीयताले मुलुक सकिने भयो भन्दै आन्तरिक रुपमा प्रशिक्षण दिइरहेका छन् ।

भुसाल र भट्टराईसँगको लामो र पटक पटकको छलफलपछि नै उपाध्यक्ष वामदेव गौतमले संघीयतालाई विषको संज्ञा दिएका हुन्, एक नेताले भने । विगतमा एमाले विभाजना गर्दा गौतमका भेट्रान सहयोगी भुसाल र भट्टराईलाई प्रयोग गरेर ओलीले गौतमलाई समेत कन्भिन्स गरेका छन् । र, गौतम अहिले संघीयताविरोधीहरुको नेता बनेका छन् ।

ओली पक्षले भुसाल र भट्टराईलाई प्रयोग गरेर संघीयताविरोधी टिम बनाएका छन् । ओली कांग्रेसका खुमबहादुर खड्का, राप्रपाका कमल थापालाई समेत सामेल गरेर संघीयता विरोधी मोर्चा बनाउने तयारीमा छन् ।

एमालेमा नेपाल र उनी पक्षधर नेताहरु संघीयताको पक्षमा छन् । तर ओलीले नेपाल पक्षधर युवा नेताहरु नै प्रयोग गरेर संघीयताविरोधी टिम बनाई आन्दोलन सञ्चालन गर्ने तयारी गरेको बुझिएको छ । यसको उद्देश्य नेपाल पक्ष कमजोर बनाउनु नै हो ।

भुसाल र भट्टराई नेपाल गुट छाडेर ओली गुटमा जाने कुनै सम्भावना नरहेको जानकारी दिँदै एमालेका एक नेताले भने, ‘यो कुरा ओलीले बुझेका छन्, त्यही भएर उनीहरुलाई नै प्रयोग गरेर नेपाल पक्ष कमजोर बनाउने काम भइरहेको छ ।’ तरुण साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah