समाजसेवी दीक्षा चापागाँइले अस्पतालबाटै चोरी शैलीमा विरामी उठाएर लगेसँगै उनी चर्काै आलोचनामा परेकि छिन । अस्ति मंगलबार उनले वीर अस्पतालमा उपचाररत विरामीलाई अपहरणशैलीमा उठाएको आरोप लगाउदै दीक्षा विरुद्ध जिल्ला प्रशासन कार्यलयमा उजुरी समेत परिसकेको छ ।

चार महिना अगाडि दीक्षा आफैंले पवित्र सेवा आश्रमको नामबाट एक विरामी (मीना ढकाल)लाई बीर अस्पतालमा उपचारका लागि पुर्याइन ।
र,उनको उपचार प्रक्रिया चल्दै गर्दा दीक्षा सम्र्पक बिहिन रहिन । जिम्मेवारी लिने कोही नभेटेसँगै मीनालाई अस्पतालले पनि उत्तिसाह्रो वास्ता गरेन । अन्ततःकोखमा बच्चा भएकी मीना पुन वेवारिसे अबस्थामा पुगिन ।

वेवारिसेलाई अस्पताल पुर्याएर रेखदेखमा सक्रिय विनय

तिनै वेवारिसे महिलालाई पुल्चोक प्रहरीले फेला पार्यो । र,एक्सन फर सोसल चेन्ज नामक संस्थाको जिम्मा लगायो ।
सो संस्थाले मीनालाई करिव दुई महिना पाटन अस्पतालमा राखी उनको उपचार गर्यो । र डाक्टरहरुको सल्लाह अनुसार उनको खुट्टाको प्लास्टिक सर्जरीका लागि वीर अस्पतालमा रिफर गरिएको थियो ।
त्यहाँ उनको उपचारका लागि लाग्ने खर्च जुटाउन एक्सन फर सोसियल चेन्ज नामक संस्थाको सदस्य पवित्रा लामाले आफ्नो गहना बेचेर उनको उपचार खर्च बेहोरिन ।
करिव महिना दिनपश्चात उनको डिस्चार्ज हुँदै थियो यही ६ गते । तर त्यसको ठीक एक दिन अगाडि नै दीक्षाले उनै मीनालाई अपहरणशैलीमा अस्पतालबाट उठाएर लिएर गए सँगै यो प्रकरणले कथित समाजसेवी दीक्षाको आवरण उदांगो पारेको छ ।


दीक्षाले मीना आफ्नै घरमा काम गर्न महिला भएको बताँउदै आएकी छिन । तर आफ्नै घरमा काम गर्न भनिएकी महिला कसरी गर्भवती भइन प्रश्न पेचिलो बन्न पुगेको छ ।
उनको कोखबाट जन्मेको तर बचाउन नसकिएको बच्चाको शव अहिले पनि पाटन अस्प्तालको शवगृहमा रहेको पाटन अस्पताल स्रोतले जानकारी दिएको छ


करिव चार महिनासम्म ती महिलाको रेखदेखमा खटिएका थिए विनयजंग बस्नेत । उनैको लागि मेडिकलमा औषधि लिन जाँदा दीक्षाले अपहरणशैलीमा मीनालाई भगाएसँगै दीक्षा विरुद्ध काठमाडौं जिल्ला प्रशासनमा उजुरी समेत दर्ता भइसकेको छ ।
दीक्षाले भने आफूलाई सोही अस्प्तालका  डाक्टर पियुषको निर्देशनमा मीनालाई लिएर गएको दावी गरेकी छिन ।

एस काठमाडौं  डट कम बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah