चितवन, ११ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकीय पूर्वाधारको विकास गरेर देशमा थप पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

क्षेत्रीय होटल सङ्घको अगुवाइमा आजदेखि सौराहामा सुरु भएको १३ औँं चितवन हात्ती महोत्सवको उद्घाटन गर्दै उहाँले नेपालले २८ वर्षसम्म आफ्नो जहाज किन्न नसक्दा पर्यटक भित्र्याउने कुरामा बाधा पुगेको बताउँदै केही महिनाभित्र दुई नयाँ जहाज थप गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पर्यटकीय दृष्टिले महत्वपूर्ण चितवनको पर्यटकीय पूर्वाधारको विकास गर्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिने बताउनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार यही पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा हात्ती फास्टवाक, हात्ती शृङ्गार र हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती चित्रकला, हात्ती वनभोज, सांस्कृतिक कार्यक्रम र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah