काठमाडाैं : नेपाल अायल निगमले पेट्राेल, डिजल तथा मट्टितेलकाे मूल्य आज मध्यरातदेखि लागू हुने गरी बढाएको छ।

पेट्राेलमा प्रति लिटर २ रूपैयाँ तथा डिजल र मट्टितेलमा क्रमशः ३/३ रूपैयाँ मूल्य बढाइएकाे छ। याे मूल्य समायाेजनपछि काठमाडौँमा पेट्राेल प्रति लिटर १ सय ८ रूपैयाँ तथा डिजल र मट्टितेल प्रति लिटर ९० रूपैयाँ उपभाेक्ताले तिर्नुपर्नेछ।

ओली सरकार आएपछि तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हो। पछिल्लो पटक वैशाख ३ गते पेट्रोलमा एक रुपैयाँ र डिजल र मट्टितेलमा दुई रुपैयाँ प्रति लिटर मूल्य बढाइएको हो।

निगमका प्रवक्ता वीरेन्द्र गाेइतका अनुसार नयाँ मूल्यमा निगमलाई पेट्राेलमा प्रतिलिटर १ रूपैयाँ ९० पैसा नाफा र डिजल र मट्टितेलमा १ रूपैयाँ २२ पैसा घाटा छ। त्यसैगरी एलपीजी ग्यासमा ६४ रूपैयाँ २९ पैसा घाटा रहेकाे गाेइतको भनाई छ। निगमको मासिक नाफा २१ करोड छ।

अहिलेकाे मूल्य बढ्नुमा डलरकाे वृद्धि र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्यव‌ृद्धि प्रमुख कारण भएकाे निगमका कामु कार्यकारी निर्देशक सुशील भट्टराईले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय