काठमाडौं । कांग्रेस धादिङको कार्यालय भवन शिलान्यास कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु बसेकाे मञ्च भत्कियाे । भवनको शिलन्यास गर्न धादिङ पुगेका कांग्रेका वरिष्ठ नेता रामचन्द्र पाैडेल, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादेलगायत ५० जना भन्दा बढी नेता कार्यकर्ता बसेको मञ्च पूरै भत्किएपछि नेताहरु भुँइमा पछारिए ।

मञ्च भत्किँदा नेपाली कांग्रेस धादिङकी महिला नेतृ भगवती पौडेलको खुट्टा भाँचिएको छ । मञ्च भत्किएपछि केहीबेर कार्यक्रमस्थलमा खैलाबैला मच्चिएको थियो । नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीले भने,’फलामको डण्डी प्रयोग गरेर बनाइएको मञ्चका किलाहरु राम्रोसंग नकसिएको र भिरालो ठाउँमा मञ्च बनाइएकाले भत्किएको हो ।

मञ्चमा कांग्रेस बरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरु, कास्की, चितवन, सिन्धुली जिल्लाका पार्टी सभापति, जिल्लाका नेताहरु लगायत झण्डै ५० जना अतिथिका रुपमा आशन ग्रहण गरेका थिए ।आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah