हामीकहाँ पुरानो भनाइ छ – मृत्यु आउनु छ भने जसरी पनि आउँछ त्यसलाई कसैगरी रोक्न सकिन्न । एक युवकले यस्तै सोच्दै नसोचेको मृत्युको सामाना गर्नुपरेको छ । ती युवकले मोवाइलमा भिडियो हेरिरहेका थिए । अचानक उनलाई सोच्दै नसोचेको मृत्यु आएर आफूसँगै लगेको छ । घटना भारतको पंजाबको मोहालीको हो ।

यहाँ २२ वर्षका एक युवकको मृत्यु भएको हो । ती युवकको नाम पंकज भएको बताइएको छ । उनी पेट्रोल पम्पमा काम गर्थे । घटनाको समयमा उनी बसेर आराम गरिरहेका थिए र आफ्नो मोवाइलमा भिडियो हेर्दै थिए । त्यही बेला अचानक त्यही पेट्रोल पम्पमा काम गर्ने सुरक्षागार्डको बन्दूकबाट गोली निस्कियो र उनको मृत्यु भयो ।

पंकजले बसेर मोवाइलमा भिडियो हेर्दै गर्दा त्यहाँका सुरक्षागार्ड कुलदीप कुमारले खाना खान लागेका थिए । कुलदीपले खाना खानको लागि आफ्नो बन्दुक त्यहीँ भित्तामा ठड्याए र टिफिन बक्स खोल्न थाले । अचानक बन्दुक चिप्लिएर ढल्यो । बन्दुक भुइँमा ढल्नासाथ त्यसबाट गोली चल्यो जुन गोली पंकजको घाँटीमा लाग्यो । उनलाई तत्काल अस्पताल लगिएकोमा अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरिदिए । डिसी नेपाल बाट



