चारवटा ठूला बिकास बैंकहरुलाई आफुमा गाभेको एनसीसी बैंक(NCCB)ले बल्ल एकीकृत कारोबार गर्ने मिति तय गरेको छ । एनबी समूहको अबरोधले एकीकृत कारोबार गर्ने समय अनिश्चित बनेको थियो ।

एनसीसीमा ईन्फ्रास्ट्रक्चर, ईन्टरनेशनलका , सुप्रिम र एपेक्स डेभलपमेन्ट बैंक गाभिएको छ ।

राष्ट्र बैंकले गत मंसिर २० गते पाँच वटै संस्थालाई मर्जको अन्तिम स्वीकृति दिएको थियो तर कम्पनी रजिष्ट्रारको कार्यालयले एनबी समूहले हालेको मुद्धालाई कारण देखाउँदै एकीकृत कारोबारको स्वीकृति दिएको थिएन । मर्जरको क्रममा तयार पारिएको सम्पति तथा दायित्वको मूल्यांकन प्रतिबेदन (डीडीए) बिरुद्ध एनबी समूले मुद्धा हालेको थियो ।

कम्पनी रजिष्ट्रारले पुस १४ गते पाँच वटै ंसंस्था एक भएको जनाउँदै एकीकृत कारोबारको स्वीकृति दिएपछि पुस १७ गतेदेखि संयुक्त बित्तीय कारोबार हुन लागेको हो ।
पाँच वटै संस्थाको कारोबार एकीकृत गर्न र सफ्टवेयर मिलाउन पुस ५ र १७ गते पाँच वटै बैंकको शाखाहरु बन्द गरिने जनाईएको छ ।

एनसीसीमा गाभिदा एनसीसीको एकसय कित्ता बराबर ईन्फ्रास्ट्रक्चरका सेयरधनीले ७६, ईन्टरनेशनलकाले ७२, सुप्रिमकाले ७५ र एपेक्सकाले ४७ कित्ता सेयर पाउने गरी स्वाप रेसियो डीडीएबाट तय भएको थियो । मर्जबाट एनसीसी झण्डै ६ अर्ब चुक्ता पूँजी भएको बाणिज्य बैंक बन्दैछ ।

एनसीसीमा एनबी समूह र निर्मल प्रधान समूहबीचको झगडाले संस्थागत सुशासन कमजोर बनेपछि राष्ट्र बैंकले झण्डै तीन बर्ष अघि एनसीसीलाई आफ्नो नियन्त्रणमा लिएर राष्ट्रियस्तरका बिकास बैंकहरुलाई आपसमा गाभेर सबल बैंक बनाउने रणनीति लिएको थियो । यही क्रममा आपसमा गाभिने संम्झोता गरेको कुमारी बैंक एकाएक मर्ज प्रक्रियाबाट बाहिरिएपछि बीचमा केही असजिलो महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah