दमक, बैशाख २७
झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि शुक्रबार मनाङ मस्र्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब आपसमा भिड्ने भएका छन् ।

पुलिस पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र मनाङले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलसम्म आईपुगेको हो । पुलिसले एपीएफलाई १–० ले तथा मनाङले आर्मीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको थियो ।

गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । गोल्डकप बैशाख १९ देखि सुरु भएको थियो । गोल्डकपमा ए डिभिजनका टिमसहित १० टोली सहभागी थिए ।

 

फाइनल खेलअघि बिहीबार भएको प्रि–म्याच कन्फेरेन्समा बोल्दै मनाङका कोच पूजा टोपुले फाइनल खेल आफ्नो टिमले जित्नेमा विश्वस्त रहेको बताए । उनले आफ्नो टोली लगातार गोल्डकप खेलिरहेकाले यहाको उपाधि जित्न गाह्रो नहुने बताए । मनाङका कप्तान विराज महर्जनले दमकको ग्राउण्ड राम्रो लागेको बताए । उनले फाइनल खेलमा आफ्नो टिम जित निकाल्ने गरी प्रस्तुत हुने बताए ।

 

पुलिसका प्रशिक्षक अनन्त थापाले फाइनल खेलमा जित्ने र हार्ने दुवै अवस्था रहेपनि आफ्नो टिमले राम्रो खेल्ने बताए । उनले आफ्नो टिममा युवा खेलाडीहरु रहेकाले फाइनल खेलमा पनि विगतका खेलहरुजस्तै मेहेन तगर्ने बताए । उसका कप्तान हेम तामाङले फाइनलमा आफ्नो टिमले राम्रो फिनिसिङ खेल्ने बताए । उनले दमकमा आफ्नो टोलीले राम्रै खेलिरहेपनि फाइनलमा थप मेहेनत गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah