आफ्नो लैनु गाईको बाच्छाले एकापट्टिको थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएका एक किसानले यो समस्याबाट बच्ने तरिका फेला पारेका छन्। स्कटल्याण्डका यी किसानले आफ्नी पत्नीको एउटा पुरानो ब्राको सहयोगमा यो समस्याबाट मुक्ति पाएका हुन्।

बाच्छाले अगाडिको थुन मात्रै चुस्ने गर्थ्यो। जसका कारण पछाडिको थुनमा दूध गानिएर सुन्निने र संक्रमण हुने गथ्र्यो। थुप्रै दिनसम्म बाच्छालाई पछाडिको थुन चुसाउन असफल कोसिस गरेका यी किसान अन्ततः नयाँ उपाय खोज्न बाध्य भए।

स्कटिस हाइल्याण्डको स्टर रोसका ग्राहम बर्नेटलाई उनकी पत्नीले यो उपाय सुझाएकी हुन्।

त्यसपछि उनले पुरानो ब्रा लिए र गाईलाई लगाइदिए अनि अगाडिको दुई ओटा थुन छोपिदिए।

बर्नेट परिवारको यो उपायबारे उनीहरुका मित्र डोनाल्ड रोसले ट्विटरमा जानकारी गराएका छन्।

 

‘किसान समुदायमा म नयाँ उपाय बाँड्न चाहन्छु,’ रोसले भनेका छन्, ‘यसको रमाइलो पक्ष पनि छ। स्कटल्याण्डमा हामीले निकै कठिन हिँउद काट्नुपर्दा पनि केही हदसम्म हँसीमजाकको भावनालाई जीवित राखेका छौँ।’

यो उपायबारे सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी गरिएका छन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah