एजेन्सी। एक महिनाअघि घरबाट गहना लिएर भागेकी श्रीमती १ महिनापछि फर्किइन् । उनका श्रीमान्ले उनी आफ्ना ब्वाइफ्रेण्डसँग भागेको प्रहरीमा उजुरी दिएका थिए । तर, ती महिलाले फर्किएर अर्कै कहानी सुनाएपछि भने सनसनी मच्चिएको छ ।

भारतको ग्वालियरकी ती महिलाले आफूलाई अपहरण गरेर भारतकै इन्दौर लगिएको र त्यहाँ आफूलाई बन्धक बनाएर बलात्कार गरिएको सनसनीपूर्ण बयान दिएकी छिन् । उनलाई अपहरण गर्नेहरुले बलात्कारको भिडियोसमेत बनाएको र आफू मुस्किलले छुटेर आएको उनले बयान दिएकी छिन् । ती महिलाको बिहे ६ महिना अगाडि भएको थियो ।

यसअघि ती महिलाका श्रीमान्ले प्रहरीमा ती महिलालाई उनका ब्वाइफ्रेण्डले लिएर गएको उजुरी दिएका थिए । मनिष सखवार नामका ती व्यक्तिले आफ्नी श्रीमती हराएको र उनलाई उनको माइती नजिकैका जीतु रामवरन र मनिषले उनलाई लिएर गएको आरोप लगाएका थिए । मनिषका अनुसार १२ सेप्टेम्बरका दिन उनकी श्रीमती माइतीको साथी जीतुकहाँ जागिरको सिलसिलामा कुरा गर्न गएकी थिइन् त्यसपछि फर्किएकी थिइनन् । साथमा २ लाख रुपैयाँ बराबरका गहना पनि हराएका थिए । घटनामा ट्वीस्ट आएपछि प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot