आजभन्दा ठीक २० वर्ष अगाडि २७ मार्च १९९८ का दिन औषधि निर्माता कम्पनी फाइजरले सिडेनाफिल सिट्रेट भन्ने रासायनिक नाम भएको तनाव कम गर्ने औषधि बजारमा ल्याउन अनुमति पायो । तर यस औषधिले मानिसहरूको सामान्य तनाव हैन अर्कै तनाव पो भागाइदियो ।

यो औषधिको व्यवसायिक नाम थियो ‘भियाग्रा’ । भियाग्रा हलुका बैगानी रंगको सानो गोली, तर यसले कतिपय यस्ता काम गरेको छ जुन अमेरिकी सेनाले समेत गर्न सकेको थिएन ।

हो, भियाग्राले अमेरिकी सेनाका लागि साह्रै कठिन हुनसक्ने एउटा काम गरेको थियो । त्यो थियो तालेबान विद्रोहीहरूबारे गोप्य सूचना संकलन । यही त्यो कारण थियो जसले अमेरिकी सेनालाई तालेबान विद्रोहीहरूलाई हराउन मद्दत पुगेको थियो ।

कसरी गऱ्यो त भियाग्राले अमेरिकाको सहायता ?

अमेरिकाले तालेबान विद्रोहीहरूका गोप्य ठिकानाहरू पत्ता लगाउन यसको प्रयोग गरेको खुल्न आएको छ । सिआइएले तलेबन सम्बद्ध गोप्य सूचनाहरूको सट्टामा अफगान कबिलाका प्रमुखहरूलाई घुस स्वरूप भियाग्रा दिने गरेको बुझिएको छ ।

अफगान कबिलाहरूका प्रमुखहरूका धेरै श्रीमतीहरू हुने गरेको र उमेरले पाको हुँदै गएपछि तुलनात्मक रूपमा कलिलो उमेरक श्रीमतीहरूलाई सन्तुष्ट पार्न धेरै जसो कबिला प्रमुखहरू भियाग्राको ताकमा रहने गरेको तथ्य खुल्न आएको छ । सिआइएले हालै सार्वजनिक गरेको जानकारीमा सित्तैमा भियाग्रा पाएपछि कबिला प्रमुखहरू खुसी हुने र उनले जानकारीहरू दिने गरेको बताइएको छ ।

अरु पनि छन् रोचक तथ्य

भियाग्राका अरू पनि रोचक फाइदाहरू देखिएका छन् जुन सामान्यतया त्यति महत्वपूर्ण लाग्दैनन्। किनभने यी फाइदाहरू उसका सामान्य रासायनिक फाइदा भन्दा पृथक छन् । तर फाइदा त फाइदा नै हुन् । हेरौं के रहेछन् यसका अरू फाइदा:

सबैभन्दा बढी नक्कली औषधि

संसारकै सबैभन्दा बढी नक्कली बनाइने भियाग्राकै नामबाट बनाइन्छ । सक्कली भियग्राको एउटा पत्तामा मात्र चार गोलीहरू हुने गर्दछन् र यसको आकार पनि हीरा जस्तै हुने गरेको छ ।

फूलहरू ताजा राखिराख्न

थोरै मात्रामा भियाग्रा घोलेर गमलामा फूलदानीमा राखेमा फूलहरू लामो समयसम्म ताजा रहने र डाँठ पनि नलत्रने हुन्छ ।

बाघ र गैंडाको संरक्षण

उहिले मानिसहरू यौन शक्तिवर्धकका रूपमा बाघको हाडहरु र गैंडाको खाग आदि प्रायो गर्ने गर्थे । भियाग्रा आएपछि बाघ र गैंडाहरूको पनि संरक्षण भएको छ ।

गर्दैन मष्तिष्कलाई हानि

कतिपय मान्छेले भियाग्राले मष्तिष्कमा असर गर्छ भनेर ठान्छन् । तर यो भ्रम मात्र रहेको चिकित्सकहरू बताउँछन् । यसले मष्तिष्क र हर्मोनमा कुनै असर नगर्ने र यसले रक्त प्रवाह मात्र बढाउने भनिएको छ । साथै यो मानसिक निराशाको औषधि नरहेको र बजारमा महिलाको लागि कुनै भियाग्रा (फिमेल भियाग्रा) उपलब्ध नरहेको समेत हिकित्सकहरू बताउँछन् ।

मधुमेह र क्यान्सरमा यस्तो छ असर

भियाग्राले ८० प्रतिशत मानिसमा मात्रै असर देखाउँछ । मधुमेह रोगीहरूमा यसको असर त्यति नहुने बताइएको । त्यस्तै केही प्रारम्भिक शोधहरूले क्यान्सरको उपचारमा समेत भियाग्राको प्रयोग गर्न सकिने देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah