काठमाडौं । अमेरिकाको आयोवामा ५१ वर्षीय एक व्यक्तिलाई उनको घरमा पालेको कुकुरले गोली प्रहार गरेको छ । गोलीप्रहारबाट उनका मालिक रिचर्ड रेम्मे घाइते भएका छन् । रिचर्डको अहिले अस्पताल उपचार भइरहेको छ ।
स्थानीय समाचारहरूका अनुसार, एक व्यक्तिले इमर्जेन्सी नम्बरमा डायल गरेर आफूलाई कुकुरले गोली हानेको बताए । घरपालुवा कुकुरसँग खेल्ने क्रममा उनी दुर्घटनामा परेका हुन् ।
फोर्ट ब्रिजमा बस्ने रिचर्ड रेम्मेले बालेव नामक कुकुरलाई आफ्नो काखमा उफ्रिन सिकाउँदै थिए । त्यतिखेरै कुकुरले उनको पिस्तोलको सेफ्टी क्लिप खोलिदिए ।
उनको बेल्टमा पिस्तोल थियो । यस्तोमा काखमा आउनका लागि कुकुर उफ्रिँदा उसको खुट्टाको औंलामा फसेर ट्रिगर दाबियो ।
त्यसपछि उनले इमर्जेन्सी सर्भिस ९११ मा फोन गरेर आफूलाई गोडामा गोली लागेको खबर गरे ।
विज्ञहरू ट्रिगर सेफ्टी भएपनि कुकुरले गोली चलाउन सक्नु अचम्मको कुरा भएको बताउँछन् । सिटी पुलिस चीफ रोजर पोर्टरका अनुसार, कुकुरले गोली हानेको यो पहिलो घटना हो । एजेन्सी



