प्रै सुखद तथा दुःखद अनुभूति छोड्दै अंग्रेजी वर्ष २०१६ हामीबाट बिदा हुने तर्खरमा छ । बिदा हुन लागेको वर्षको समीक्षा गर्ने क्रम पनि सुरु भएको छ । यसै क्रममा बिबिसीले सन् २०१६ का उत्कृष्ट तस्वीर छनोट गरी सार्वजनिक गरेको छ ।

zeeka
१. वर्षको सुरुवातमा दक्षिण अमेरिकी देशरुमा जीका भाइरसले थुप्रै नवजात शिशुलाई चपेटामा पार्‍यो । मस्तिष्क पूर्णरुपमा विकसित नभएका बच्चाहरु जन्मिए । यस रोगलाई माइक्रोसेफैली नाम दिइयो । विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संकट घोषणा गर्‍यो ।

us-election

२. यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले म्यासाचुयट्समा अभिवादन गर्दा खुसीले एक समर्थकको होशहवास उड्यो । पछि ट्रम्पले राष्ट्रपति चुनावमा बाजी मारे ।

Obama-tango-Dance

३. मार्च महिनामा अमेरिकी राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिचेल ओबामा अर्जेन्टिनाको भ्रमणमा थिए । भ्रमणका क्रममा आयोजित एक राजकीय भोजका क्रममा ओबामा र उनकी पत्नीलाई त्यहाँको राष्ट्रिय नृत्य ट्यांगोमा सहभागी हुन भनियो र उनीहरु खुलेर नाचे ।

A demonstrator protesting the shooting death of Alton Sterling is detained by law enforcement near the headquarters of the Baton Rouge Police Department in Baton Rouge, Louisiana

४. अमेरिकी राज्य न्यूयोर्कमा भएको एउटा आन्दोलनका क्रममा जुलाई ९ का दिन आन्दोलनकारी महिला इशिया इवान्स प्रहरी डफ्फाको अघिल्तिर एक्लै खडा भइन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । एक निहत्था अश्वेत युवक प्रहरीको आक्रमणमा मारिएको विरोधमा भएको आन्दोलनले त्यसपछि झनै उग्र रुप लियो ।

new-york
५. जुलाई ११ मा न्यूयोर्कको गगनचुम्बी भवनका बीचबाट आएको सूर्यको प्रकाशले मनोरम दृष्य देखियो । मानिसहरुले यसको तुलना ब्रिटेनको स्टोनहेजसित गरे । यसलाई म्यानह्याटनहेज नाम दिइयो ।

turkey
६. टर्कीमा सत्ता उल्टाउने असफल प्रयासका क्रममा राजधानी इस्तानबुलको बस्फोरस पुलमा राष्ट्रपति रिचेप तैयप अर्दोआन र विद्रोही सैनिकहरूबीच ठूलो भिडन्त भयो । यस पुलले युरोप र एसियालाई जोड्छ ।

china
७. चीनको हुनान प्रान्तमा थ्यानमेन पहाडको ठीक किनारामा रहेको चट्टानमाथि एक सय मिटर लामो शीशाको पारदर्शी बाटो निर्माण गरिएको छ । यहाँ पर्यटकको ताँती लाग्ने गर्छ ।

david-bowie
८. जनवरी ११ मा ब्रिटेनका प्रख्यात गायक डेभिड बोईको निधन भयो । उनका प्रशंसकले दक्षिण लन्डनको ब्रेक्सटनस्थित उनको जन्मस्थानमा पर्खालमा ठूलो पोष्टर टाँगेर कार्यक्रम गरे । स्थानीय परिषद्ले यो पोष्टरलाई सुरक्षित राख्ने निर्णय गरेको छ ।

singing९. ल्याटिन अमेरिकी गायिका बियोन्सी नोल्सले लस एन्जेलसमा ब्ल्याक इन्टरटेनमेन्ट टेलिभिजनको पुरस्कार वितरण समारोहमा आफ्नो गीत ‘पि|mडम विथ केडि्रक लेमर’ प्रस्तुत गरिन् । त्यसमा उनले पुरस्कार पनि जितिन् ।

see

१०. संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका अनुसार सन् २०१६ मा भूमध्यसागर पार गर्ने प्रयासका क्रममा तीन हजार आठ सय आप्रवासी डुबेर मरे वा बेपत्ता भए ।

rio-olympic११. रियो ओलम्पिकमा पाँच हजार मिटर दौडका क्रममा न्यूजिल्याण्डकी निकी हैंबलिन अमेरिकी धाविका एबी डी आगस्टिनोसँग ठोक्किएर लडेकी थिइन् । आगस्टिनोले दौड छोडेर उनलाई मद्दत गरिन् । उनको यो व्यवहारको निकै तारिफ भयो ।

usain-bolt१२. जमैकाका उसेन बोल्ट तीव्र गतिका धावक हुन् । रियो ओलम्पिकका क्रममा एक सय मिटर दौडको सेमिफाइनलमा उनले क्यामरालाई देखेर मुस्कुराउन भुलेनन् । पछि फाइनलमा उनले ९.८१ सेकेन्डमा दौड पूरा गरेर तेस्रो पटक ओलम्पिकको गोल्ड मेडल कब्जा गरे ।

Young Syrian boy Omran Daqneesh, aged five, was injured during airstrikes in Aleppo, Photo AP१३. सिरियाको अलेप्पोमा भएको हवाई हमलापछि ढलेको एउटा भवनको भग्नावशेषबाट पाँच वर्षका बालक ओमरान दकनीशलाई रगत र माटोसँग लतपतिएको अवस्थामा उद्धार गरियो । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

kango
१४. लोकतान्त्रिक गणराज्य कंगोको उत्तरी प्रान्त किवुमा अगष्ट महिनामा जातीय हिंसा भड्कियो । हिंसाका क्रममा बुटेंबो शहरमा मात्रै ३० जनाको मृत्यु भयो ।

syria१५. सिरियाको अलेप्पो शहरमा ११ सेप्टेम्बरका दिन भयानक हवाई हमला भयो । ध्वस्त भएका भवनको भग्नावशेषबाट आफ्ना बच्चाहरुलाई निकालेर सुरक्षित स्थानतर्फ लग्दै स्थानीयवासीहरु ।

super-moon
१६. सन् १९४८ पछि यस वर्षको १४ नोभेम्बरमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आयो । यसलाई ‘सुपरमुन’ नामकरण गरियो ।

अनलाइन खबर बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah