युक्रेनमा भएको एक सडक दुर्घटनामा एउटा भ्यान दुईवटा गाडीसँग ठोक्किएर फूटबल जस्तो गरी हावामा उफ्रिए । तर यो भयानक दुर्घटनामा ड्राइभर चामत्कारिक रूपमा बाँचे ।
दुर्घटना एक सीसीटीभी क्यामरामा कैद भयो । घटना युक्रेनको कोलोमियाको हो ।
सीसीटीभी फूटेजमा देखिएअनुसार, एउटा चौबाटोमा एक कारले बत्तिँदै आएको भ्यानलाई छेउतिरबाट ठोक्छ । ठोक्किएको भ्यान हावामा उड्छ र अर्को कारसँग ठोक्किन्छ । तर यत्तिका हुँदा पनि ड्राइभर भाग्न सफल हुन्छन् किनकि उनीपट्टिको शीशा फुट्छ ।
कार भुइँमा आउनेबित्तिकै उनी भाग्न सफल हुन्छन् । भगवानले बचाउन चाहेको मानिसलाई कसैले मार्न सक्दैन भन्ने यसबाट प्रमाणित हुन्छ ।
https://youtu.be/lPbhG7NtZpw



