एजेन्सी। केही दिन पहिला कथित रुपमा यो उर्दी दिल्लीको एक चर्चित स्कुलमा नौ देखि १२ कक्षामा पढ्ने युवतीकालागि जारी गरिएको थियो । यसको उद्देश्य के थियो? स्किन कलरको ब्रा नै किन? दिल्लीको यो चर्को गर्मीमा ब्रा माथिबाट स्लिप लगाउन आदेश दिनुको मतलब के हो? र यो आदेश युवतीकालागि मात्रै किन?
महिला पनि असहज हुन्छन्
महिलाहरुको अण्डरगारमेन्ट्स विशेष गरी ब्रालाई एक भड्काउ र सेक्शुअल चीको रुपमा हेरिन्छ। आज पनि धेरै जसो महिला ब्रालाई टावेल वा अन्य कपडाले छोपेर सुकाउँछन् । कुनै पुरुष आफ्नो गन्जी लुकाएर सुकाउँछन की सुकाउँदैनन् यो शोधको विषय हो । आज पनि मानिसहरु ब्राको लोती देखेर असहज हुन्छन्। पुरुषमात्र होइन महिला पनि असहज हुन्छन्। र आँखाले इसारा गर्दै युवतीलाई ढाक्न आग्रह गर्छन्।
यदि तपाइँलाई यो पुरानो जमानाको कुरा जस्तो लाग्छ भने तपाइँलाई यो जानकारी दिनु उचित हुन्छ की फिल्म ‘क्वीन’ मा सेन्सर बोर्डले कंगना रनौटको ब्रालाई ब्लर गरिदिएको थियो।
ब्रा र पेन्टी
गत वर्ष साहित्य कला परिषदले कथित रुपमा एक नाटकको मंचन केही यस्तै असहज गर्ने कारणले रोकिदियो। उक्त नाटकको पटकथा र संवादलाई लिएर अहिले के भनिन्छ । भने नाटकको कुनै दृष्यमा ब्रा र पेन्टी जस्ता शब्दको प्रयोग गरिएको थियो।
यद्यपी आयोजकले आफूहरुलाई ब्रा र पेन्टी जस्ता शब्दले भन्दा पनि कयौं अश्लिल शब्दको प्रयोग भएका कारण नाटकलाई रोक्नु परेको बताएका थिए। महिलासँग कुरा गर्दा थाहा हुन्छ की उनीहरुलाई ब्रा लगाउन कति आवश्यक हुन्छ र कति झण्झटिलो काम हो भनेर।
विस्तारै बानी पर्यो
२४ वर्षकी रचनालाई सुरुमा ब्रा लगाउन मन पर्दैन थियो। तर विस्तारै विस्तारै उनी बानी परिन वा बानी पारियो। ‘टीनएजमा जब आमा मलाइ ब्रा लगाउन भन्नुहुन्थ्यो मलाइ रिस उठ्थ्यो। ब्रा लगाएपछि शरीर बाँधिएको जस्तो लाग्थ्यो। तर अब विस्तारै बानी भयो। अब ब्रा नलगाउँदा चाँही असजिलो लाग्छ,’ उनले भनिन्। अर्की युवती रीवा भन्छिन, ‘गाउँमा ब्रालाई ‘बडी’ भनिन्छ। कयौं शहरी युवती ब्रालाई ‘बी’ भनेर काम चलाउँछन्। ब्रा भन्दा अप्ठ्यारो लाग्छ।’
ब्रा लगाउने चलन कसरी सुरु भयो?
पहिलो मोर्डन ब्रा फ्रान्समा बनेको थियो। फ्रान्सको हर्मिनी क्याडेलले १८६९ मा एक कार्सेट (ज्याकेटनुमा पोशाक) लाई दुइ टुक्रामा काटेर अन्डरगार्मेट्स बनाएको थियो। पछि त्यसको माथिल्लो भागलाई ब्रा जसरी लगाउन र बेच्न सुरु गरियो। यद्यपी पहिलो ब्रा कहाँ र कसरी बनाइएको थियो भन्ने विषयको यकिन जानकारी छैन।
स्तन छोप्नकालागि
युनानको इतिहासमा ब्रा जस्तो देखिने कपडाको चित्रण गरिएको छ। रोमका महिला स्तन छोप्नकालागि छातिको चारैतर्फ कपडा बाँध्ने गर्थे। त्यसको विपरित ग्रीकका महिला भने एक बेल्टमार्फत छातिलाई ठूलो बनाउने कोशिश गर्थे। आज जस्ता ब्रा हामी पसलमा देख्छौं, अमेरिकामा ब्रा १९३० मा बनाउन सुरु गरिएको थियो। यद्ययी एसियामा ब्राको कुनै स्पष्ट इतिहास छैन।
ब्रा आउने बजारमा आउन थालेपछि यसको विरोध सुरु भएको थियो। चर्चित फेशन म्यागेजीन ‘वोग’ ले १९०७ मा ब्रासियर शब्द लोकप्रिय बनाउन ठूलो भूमिका निर्वाह गर्यो। रमाइलो त के भने योसँग ब्राको विरोध हुन सुरु भइसकेको थियो। यो त्यो समय थियो, जतिबेल महिलावादी संगठनले ब्रा लगाउनुलाई खतराको प्रतिक भन्दै महिलालाई सचेत गराएका थिए।
आधुनिक ब्राको सुरुवाती
१९११ मा ‘ब्रा’ शब्दलाई अक्सफोर्ड डिक्शनरीमा समावेश गरियो। त्यसपछि १९१३ मा अमेरिकाको चर्चित सोशलाइट म्यारी फेल्प्सले रेशमको रुमाल र रिबनबाट आफ्नालागि ब्रा बनायो र अर्को वर्ष यसको पेन्टेट गरायो। म्यारीले बनाएको ब्रालाई आधुनिक ब्राको सुरुवाी रुपमा लिन सकिन्छ। तर यसमा केही कमजोरी पनि थियो। यसले स्तनलाई सपोर्ट गर्नुको साटो स्तनलाई चौडा बनाइदिन्थ्यो। र यो एउटै मात्र साइजमा उपलब्ध थियो।
जब महिलाले ब्रा जलाइ दिए
त्यसपछि १९२१ मा अमेरिकी डिजाइनर आइडा रोजेन्थले अलग अगल कप साइजको ब्रा बनाउन सुरु गरिन्। त्यसपछि ब्राको प्रचार प्रसार क्रम सुरु भयो जुन आजसम्म पनि रोकिएको छैन। १९६८ मा करिव ४०० महिला मिस अमेरिका ब्यूटी पिजेन्टको विरोध गर्न भेला भए। र उनीहरुले ब्रा, मेकअपका सामान र अग्लो हिल्ससमेत अन्य कयौं चीजलाई फोहोरमा फालिदिए।
‘नो ब्रा, नो प्रोबल्म’
१९६० को दशकमा ‘ब्रा बर्निङ’ महिलाबीच निकै लोकप्रिय भएको थियो। र केही महिलाले त ब्रा नै जलाए पनि। यो सांकेतिक विरोध थियो। कयौं महिलाले ब्रा जलाए अनि विरोध जनाउन ब्रा नलगाइ बाहिर निस्किए। २०१६ मा ब्रा विरोधी अभियानले सामाजिक संजालमा चर्चा पायो।
यो त्यस कारण पनि भयो जब १७ वर्षीया क्याटलिन जुविक बिना ब्रा टप लगाएर स्कुल गएकी थिइन् र उनका भ्वाइस प्रिन्सिपलले उनलाई बोलाएर ब्रा नलगाउनुको कारण सोधेका थिए।
ब्रा र महिलाको स्वास्थ्य
क्याटलिनले यो घटना स्न्यापच्याटमा सार्वजनिक गरिन्। र उनलाई निकै समर्थन गरियो। यसरी ‘नो ब्रा, नो प्रोबल्म’ को सुरुवात भएको थियो।
ब्राका विषयमा धेरै मिथक छन्। यद्यपी तमाम रिचर्सपछि पनि यो विषय अहिले स्पष्ट रुपमा सावित हुन सकेको छैन की ब्रा लगाउँदा स्थास्थ्यलाई हानिपुग्छ? ब्रा लगाउँदा स्तन क्यान्सर हुने कुरा पनि गरिन्छ।
तर अमेरिकी क्यान्सर सोसाइटीका अनुसार यसको कुनै पनि वैज्ञानिक कारण फेला पर्न सकेको छैन। यद्यपी २४ सै घण्टा र गलत साइजको ब्रा लगाउनु स्वास्थ्यकालागि हानिकारक हुनसक्छ। त्यही भएर आवश्यक भन्दा धेरै टाइट र खुकुलो ब्रा नलगाउन डाक्टरले सल्लाह दिने गरेका छन्।
बीबीसी



