काठमाडौं, ३ असोज । सिंगल इन्जिन जहाज सञ्चालनमा सेवा प्रदायक कम्पनी र नियामक निकायबाट गम्भीर लामरबाही भएको पाइएको छ ।
१४ फागुन ०७२१ मा नेपालगन्जबाट जुम्ला जाने क्रममा दुर्घटना भएको काष्ठमाण्डप एयरको ‘९एन–एजेबी पिएसी ७५० एक्सएल’ जहाजमा जहाज बन्नुभन्दा १८ वर्ष पुरानो इन्जिन राखिएको र उक्त इन्जिन मर्मतकै क्रममा त्रुटि हेको तथ्य छानबिन आयोगले सार्वजनिक गरेको आजको नयाँ पत्रिकामा खबर छ ।
आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हरिबहादुर खड्काका अनुसार दुर्घटनामा परेको जहाज सन् २००९ मा बनेको थियो भने इन्जिन सन् १९९२ मा निर्माण भएको हो ।
आयोगले इन्जिन र स्टार्टर जेनेरेटर प्राविधिक परीक्षणका लागि क्यानडा पठाएको थियो ।
आयोगका अनुसार उक्त त्रुटिबारे सेवा प्रदायक कम्पनी गम्भीर थिएन भने नियामक निकायले त्यसमा कडाइ गर्न असफल देखिएको छ ।



