विश्वकप फुटबल शुरुहुन अब तीन सातामात्र बाँकी छ । विश्वकप फुटबलको २१औं संस्करण आउँदो जून १४ बाट रुसमा शुरु हुन लागेको हो । विश्वकपमा सहभागि हुने राष्ट्रहरु अहिले आफ्नो टोली घोषणा गर्न ब्यस्त छन् ।
यसपटकको विश्वकपमा विश्वभरबाट ५० लाख टिकटको माग आएको छ । जसमध्ये २५ लाख टिकको माग रुसभित्रै बाट रहेको छ । रुसले विश्वकपलाई थप भब्य बनाउन विभिन्न ११ शहरका १२ रङशालामा खेलको आयोजना गर्दैछ ।
विश्वकपको उद्घाटन र फाइनल खेल राजधानी मस्कोस्थित लूजनीकि रङशालामा हुदैछ, जसको दर्शक क्षमता ८१ हजारको रहेको छ । कस्ता छन् त यसपटकको विश्वकप खेल खेलाइने रङशाला ? थाहा पाउन तलको भिडियो रिपोर्ट हेर्नुस्।



