कैयौं दिनदेखि ननुहाएका एक व्यक्ति विमान चढेपछि उसको दुर्गन्धका कारण विमानको आकस्मिक अवतरण गर्नुपरेको छ ।

नेदरल्यान्ड्सबाट ट्रान्सेभिया एयरलाइन्सबाट स्पेन गइरहेको विमानलाई पोर्चुगलमा आकस्मिक अवतरण गर्नुपरेको थियो । ठसठसी गनाएका पुरुष यात्रीका कारण अन्य यात्री बेहोश भए अनि केहीलाई बान्ता नै आयो ।

फक्स न्युजका अनुसार, एक बेल्जियन यात्रीले गन्धे यात्रीबाट आएको दुर्गन्धका कारण उसले कैयौं दिनदेखि ननुहाएको थाहा भएको बताए ।

एयरलाइन्स क्रूले उक्त व्यक्तिलाई विमानको बाथरूममा थुन्न कोशिश गरे अनि पाइलटले पनि विमानको उडान बाटो परिवर्तन गरे । स्पेन जानुपर्ने विमान पोर्चुगलको फारोमा अवतरण गरियो र फोहोरी मान्छेलाई बोइङ ७३७ बाट
निकालेर एउटा बसमा स्वास्थ्यकर्मीहरूसँग पठाइयो ।

ट्रान्सेभिया एयरलाइन्सले मेडिकल कारणले गर्दा विमानको आकस्मिक अवतरण गर्नुपरेको स्वीका–यो । तर ती व्यक्तिलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या छ कि छैन भन्ने कुरा प्रस्ट हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah