दमक-अल्ट्रा म्याराथुनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापामा एक भब्य कार्यक्रम सहित सम्मानको तयारी शुरु गरिएको छ । राई पुष २१ गते झापाको दमकमा आउने र सम्मान ग्रहण गर्ने जनाईएको छ ।
सगरमाथा तेक्वान्दो डोजाङ यूकेको समन्वयमा बिभिन्न संघसंस्थाहरुले राइका लागि जुटाएको २८ लाख सहित सम्मान गर्ने तयारी भएको सगरमाथा तेक्वान्दो डोजाङ यूकेका संस्थापक अध्यक्ष माष्टर राष्ट्र राईले बताए । एक कार्यक्रमबीच मातृभूमि नेपालमा नै उनलाई सम्मान गर्न लागिएको दमकमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
अल्ट्राम्याराथनमा अन्तराष्ट्रिय स्तरमा नै नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनको खेल क्षेत्रको योगदानलाई सम्मान गर्न लागिएको एन.आर.एन यूकेका उपाध्यक्ष समेत रहनु भएका दमक १९ निवासी राष्ट्रकुमार राईले जनाए । धाविका राइ नेशनल जियोग्राफि च्यानलको एडभेन्चर्स अफ दी इयर २०१७ का लागि विश्वका दश साहसिक ब्याक्तिका लागि मनोनयनको सुचिमा समेत पर्न सफल भएकी थिइन ।
खेलाडीहरुलाइ हौसला प्रदान गर्ने उदेश्यले बेलायतमा क्रियाशिल संघ संस्थाहरुको सहयोगमा प्राप्त भएको आर्थिक सहयोग सम्मान स्वरुप राइले आफ्नै देशमा आएर दिन लागिएको समेत सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रम राखेपका सदस्य सचिब केशबबहादुर विष्टको प्रमुख आतिथ्यमा हुनेछ ।
भोजपुरको सानुदुमी बास्तीमा जन्मनु भएकी २७ बर्षी मिरालाई अल्ट्राम्याराथुन खेलमा लाग्न प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई समेत सोहि कार्यक्रममा २ लाख नगद सहित सम्मान गर्न लागिएको पनि बताइएको छ । राइ गतबर्ष धरानदेखि दमकसम्म भएको म्याराथुनमा सहभागि हुनु भएको थियो ।



