काठमाडौं, ३ असोज । आइतबार भारत प्रशाशित काश्मिरमा भएको आतंककारी हमलाको भत्र्सना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन् । आइतबार कास्मिरको उरीमा सैनिक प्रमुखको कार्यालयमा भएको हमलामा १७ सैनिक मारिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई सोमबार पत्र पठाएर उक्त घटनाप्रति दुःख ब्यक्त गर्दै घटनाको भत्र्सना गरेका छन् । उक्त हमला आतंकवादी हमला भएको उल्लेख गर्दै सन्देशमा नेपाल सरकार जुनसुकै आतंकवादको निन्दा गर्ने नीति रहेको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सन्देशमा काश्मिर घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र उनीहरु परिवारमा समवेदना व्यक्त गरेका छन् । उक्त हमलापछि भएको जवाफी कारबाहीमा घटनामा संलग्न चार विद्रोही मारिएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानुअघि उत्तर कोरियाले गरेको आणविक परीक्षणको खेद ब्यक्त गरेका थिए । भारत भ्रमणमा दुई देशका प्रधानमन्त्रीको २५ बुँदे संयुक्त विज्ञप्तिमा ‘अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपाल–भारत मिलेर जाने’ उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah