खतरनाक अपराधी लुकेको सूचनाका आधारमा प्रहरीले गरेको अपरेशनका क्रममा ३ किनेटमै पूरै ग्याङको इनकाउण्टर गरिएको छ । यस क्रममा प्रहरीले १५० र अपराधीले ५० गोली चलाएको बताइएको छ । यसलाई शहरकै सबैभन्दा ठूलो इनकाउण्टर मानिएको छ । भारतको राजधानी दिल्लीमा इनकाउण्टरमा कुख्यात अपराधी राजेश भारती र उनको पूरै ग्याङको हत्या भएको बताइएको छ ।
दिल्ली प्रहरीको स्पेशल सललाई शुक्रबार राजेशबारे जानकारी प्राप्त भएको थियो । उनीमाथि एक लाखको इनामसमेत राखिएको थियो । प्रहरीलाई प्राप्त सूचनाअनुसार भारती आफ्नो ग्याङका सबै साथीहरुसँग दिल्लीको छतरपुरमा रहेको फार्महाउस आउँदै थिए । लगत्तै प्रहरीले त्यहाँ शुक्रबारदेखि नै नाकाबन्दी गरेको थियो । शुक्रबार प्रहरी उनीहरुलाई पर्खेर बस्यो, पूरै दिन बित्यो तर कोही आएन । नाकाबन्दीको ३१ घण्टापछि शनिबार दिउँसो साढे १२ बजे राजेश भारती फार्महाउस पुगे ।
सबै फार्महाउस पुगेपछि प्रहरीले राजेशसहित ग्याङका सबैलाई घेरा हाल्यो । आफूहरु घेरिएको देखेपछि उनीहरु भाग्ने कोसिस गरे तर प्रहरीले ३ मिनेटमै १५० गोली चलाउँदै राजेश र उनको ग्याङका अन्य चार गुण्डासहित ५ जनालाई त्यही मार्यो । एक गुण्डा प्रहरीको गोलीले घाइते भएका छन् । उनीहरुको फायरबाट ८ प्रहरी घाइते छन् ।



