एजेन्सी । मुटुरोगी र मधुमेहको बिरामीलाई आफ्नो जागिरको कारण उत्पन्न मानसिक तनाबको कारण चाडै मृत्युु हुन खतरा देखिएको छ । ल्यान्सेट डाइबेटिज एण्ड इन्डोक्राइनोलोजीमा प्रकाशित शोधपत्रका अनुसार त्यो खतरा बिरामीको लागि धूम्रपान जत्तिकै घातक रहेको बताइएको छ ।
फिनल्यान्ड, स्वीडेन, फ्रान्स र बेलायतका करिब एक लाख ब्यक्तिमा गरिएको अध्ययनले आफ्नो जागिरमा मानसिक तनाव हुनेहरूको सरदर आयु अरु व्यक्तिहरुको भन्दा कम देखिएको थियो ।
यो अध्ययनले अब कार्यक्षेत्रमा कामदारहरुमा मानसिक तनावमुक्त वातावरण सिर्जना गर्न तथा अन्य रचनात्मक उपायहरु कार्यक्षेत्रमा लागू गर्न सुझाव दिएको अध्ययनमा संलग्न बैज्ञानिक मिका किभीमाकीले बताइन् ।



