मोरङ, ३ असोज । कोसीहरैंचा नगरपालिका–१ मा आज दिउँसो चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश , चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका आठ वर्षीय छोरा राहुल रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
चट्याङ लागेर गम्भीर घाइते बनेका तीनै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेलगत्तै उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए । चट्याङ लागेर कोसीहरैंचा–१ का उद्धव भट्टराईका १० वर्षीय छोरा रोजन र राजन भट्टराईका ११ वर्षीय छोरा अनन्त गम्भीर घाइते भएकामा दुवै बालकको प्रतिष्ठानमै उपचार भइरहेको छ ।



