विश्वकपको दोस्रो दिन शुक्रबार दिन प्रतियोगिता हुनेछन् । पहिलो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे पिट्सवर्ग स्टेडिमयमा इजिप्ट र उरुग्वेबीच हुने छ ।

त्यसैगरी दोस्रो खेल राती ८ः४५ बजे मोरक्को र इरानबीच हुनेछ भने राती ११ः४५ बजेबाट पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप प्रतियोगितामा पोर्चुगल दोस्रो पटक भिड्दैछ । इरान पनि विश्वकपमा दोस्रो पटक नै भिड्दैछ । स्पेन र पोचुर्गल त झन् यो प्रतियोगिता अघि पनि विश्वकपमै भिडन्त भइसकेको छ । पोर्चुगल र स्पेनले सन् २०१० को विश्वकपमा एक दोस्रोको विरुद्ध खेल खेलेका थिए । उक्त प्रतियोगितामा स्पेनले १–० को अन्तरले जितेको थियो ।

अन्तराष्ट्रिय प्रतियोगितालाई हेर्ने हो भने चाँहि यी दुई देशले हालसम्म ३५ प्रतियोगिता खेलिसकेका छन् । यी खेलहरुमा स्पेनको ७२ गोल छ भने पोर्चुगलले ४१ गोलमात्र गर्न सकेको छ । विश्वकपको म्याच सुरु हुनुभन्दा एक दिन पहिला स्पेनले आफ्नो मुख्य कोच जुलेन पोपतेगुईलाई हटाएको छ । स्पेनको भविष्य मुख्य खेल निर्देशक फर्नाडो हिएरोको जिम्मामा छ ।

एउटै टिममा खेल्ने दुई खेलाडी आज आमने सामने
एउटै क्लबबाट खेल खेल्ने रेमोस र रोनाल्डो आज हुने प्रतियोगितामा फरक टिममा छन् । क्रिस्टियानो रोनाल्डोले नेतृत्व गरेको पोर्चुगल पनि यस पटक विश्कपबाट खाली हात जान चाहँदैन । रेमोस, रोनाल्डोको क्लब रियाल मैड्रिडका कप्तान हुन् । उनको अगुवाइमा हालैमात्र पनि च्याम्पियन लिग जितेको थियो । तिनै रोनाल्डोले उक्त प्रतियोगितामा सबैभन्दा बढि गोल समेत गरेका थिए । त्यसैले पनि आजको खेल उसैपनि चाखलाग्दो छ ।

विश्वकपमा हालसम्म इरान र मोरक्कोको आमनेसामने भएको छैन । हालसम्म विश्वकपमा उनीहरुको एक अर्काविरुद्घ एउटा पनि खेल भएको छैन । फिफाको बरियताक्रममा दुबै टिम आसपास छन् । इरान ३७ औं र मोरक्को ४१ औ नम्बरको टिममा छन् ।

उरुग्वे र इजिप्टबीच धेरै असमानता
उरुग्वे र इजिप्ट एक दोस्रोको विरुद्घ २००६ मा खेल खेलेका थिए । उक्त प्रतियोगितामा उरुग्वेले २–० को अन्तरमा जित हासिल गरेको थियो । इजिप्टले २८ बर्षपछि विश्वकपमा आफूलाई सक्षम बनाउन सकेको हो । अहिलेको विश्वकप सुरु हुनासाथ विहिवार राती प्रशिक्षक मोहम्द सालाहले आफ्नो टिम उरुग्वेसँग भिड्नको लागि सक्षम रहेको बताए । रोचक त के छ भने पछिल्ला दुईवटा विश्वकपमा उरुग्वेको प्रदर्शन शानदार रहेको थियो । उरुग्वेले २०१० मा विश्वकपमा चौथो र २०१४को विश्वकपमा आफूलाई १६ औं स्थानमा राख्न सफल भएको थियो । दुई पटक विश्वकप बिजेता भइसकेको उरुग्वे पछिल्ला १८ वटा प्रतियोगितामा एउटा पनि हारेन । फिमा बरियाताक्रममा पनि उरुग्वे इजिप्टभन्दा धेरै अगाडि छ । बरियाताक्रममा उरुग्वे १४ औं स्थानमा छ भने मिश्र इजिप्ट औं स्थानको बरियतामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah