आइसल्याण्डसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले समर्थकहरुलाई धैर्यता राख्न आग्रह गरेका छन् ।

मेस्सीले पेनाल्टी मिस गर्दा सन् २०१८ को विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिना मस्कोमा बराबरीमा रोकियो थियो ।

समूह डी अन्तरगतको खेलमा सर्जियो अगुएरोले अर्जेन्टिनालाई अग्रता दिलाए पनि अल्फ्रेड फिन्बोगासनको ऐतिहास गोलको मद्दतले आइसल्याण्डले खेलमा बराबरी गरेको थियो ।

उता, आइसल्याण्डका गोलकिपर थोर हालडोरर्सनले मेस्सीको पेनाल्टीसहित उनको ११ वटा प्रहार रोकेका थिए ।

सन् २०१४ पछि तीनवटा फाइनलमा पराजित भएका अर्जेन्टिनी कप्तानले खेलपछि भने, ‘हाम्रो लागि आइसल्याण्ड सहज प्रतिद्वन्द्वी थिएन । हामीलाई ब्रेक गर्न गाह्रो भइरहेको थियो ।’ ‘पेनाल्टी मिस हुनु दुःखद थियो,’ उनले भने, ‘म यसको जिम्मेवारी लिन्छु ।’

‘हामी उत्तेजित हुन आवश्यक छैन । हामी जीतको हकदार थियौँ । हामीले अझ धेरै सुधार गर्नुपर्नेछ । अहिलेका लागि हामी शान्त हुन जरुरी छ,’ उनले भने ।

बार्सिलोनका सुपरस्टारले क्लब र देशका लागि पछिल्ला ७ पेनाल्टीमध्ये चारवटामा गोल गर्न असफल भएका छन् । यता, मेस्सीका समकक्षी सर्जियो अगुएरोले मेस्सीको बचाउ गरेका छन् ।

‘मेस्सी आखिर मानिस नै हुन्,’ उनले भने, ‘आज हामी उनको साथ उभिन जरुरी छ । उनले कुनै बेला खेललाई परिवर्तन गर्न सक्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah