काठमाडौं– २०१८ फिफा विश्वकपमा जापानले ऐतिहासिक जित हात पारेको छ। मंगलबार भएको समूह ‘एच’ को खेलमा जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

जितसँगै जापान दक्षिण अमेरिकी टिमलाई विश्वकपमा पराजित गर्ने पहिलो एसियन टिम बनेको छ। यस्तै जापानले गत विश्वकपमा कोलम्बियासँग हात पारेको ४–१ गोलको बदला समेत लिएको छ। यस्तै जापानले कोलम्बियालाई पहिलो पटक पराजित गर्दै अर्को इतिहास बनायो।

खेलको सुरुवातमै कोलम्बिया १० खेलाडीमा सीमित बनेको थियो। डिबक्स भित्र ह्यान्ड गरेपछि कोलम्बियाका सान्चेजले सिधा रातो कार्ड पाएका थिए। त्यसपछि प्राप्त पेनाल्टीमा जापानका सिन्जी कागावाले गोल गर्दै जापानलाई अग्रता दिलाए।

१० खेलाडीमा सीमित हुनुका बावजुद कोलम्बियाले ३९ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। डिबक्स नजिक पाएको फ्रिकिकमा क्युन्टेरोले गोल गरेका थिए।

७३ मिनेटमा ओसाकोले हेडमार्फत गोल गरेर जापानलाई दोस्रो पटक अग्रता दिलाए। उनले कर्नरबाट प्राप्त बलमा गोल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah