काठमाडौ, ३ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले देशको आर्थिक विकासका लागि संघीयता आवश्यक नभएको बताएका छन् ।
काठमाडौमा सवैधानिक कानुन मञ्चले गरेको छलफलमा नेता महतले भने, यो निकै महंगो शासकिय व्यवस्था हो, हाम्रो जस्तो मुलुकले धान्न सक्दैन ।’ उनले आफु संघियताप्रति कहिल्यै कन्भिन्स नभएको भन्दै आन्दोलनपछि भएको सम्झौतामा संविधानमा पनि संघीयतामा जाने भनेर लेखेपछि कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताए ।
स्थानीय तह पुनर्संरचना गर्दा संविधान संशोधन गरेर जिल्लालाई अधिकार दिएर जान सकिने भन्दै उनले अहिलेकै अवस्थामा जाँदा विभिन्न सामाजिक राजनीतिक, साँस्कृतिक, आर्थिक अस्थिरता ल्याउन सक्ने र त्यसको परिणाम गम्भिर हुन सक्ने बताए ।
उनले देशको भौगोलिक नक्सा कोर्ने काम मात्र भएको भन्दै आर्थिक सम्पन्नता, धान्न सक्ने क्षमतालाई ध्यान नदिइएको बताए ।



