लस एन्जलस । बलिउडकी चर्चित र हट नायिका प्रियंका चोपडाले आफूलाई सेक्स सिंबलका रुपमा बताउँदा कुनै आपत्ति नरहेको बताएकी छन् । उनले यसलाई आफूले आफ्नो कामको हिस्सा मान्ने गरेको पनि उल्लेख गरेकी छन् ।
इन्टरटेनमेन्ट विक्लीका अनुसार ३४ वर्षीय प्रियंकाले हट बन्ने आफ्नो जीवनको लक्ष्य कहिल्यै नभएको पनि बताएकी छन् । उनले भनेकी छन्, ‘वस्तुको रुपमा पेश हुनु मेरो कामको हिस्सा हो । मलाई कहिल्यै दुःख लाग्दैन, जब मलाई मानिसहरुले सेक्स सिंबल भन्छन्, किनकी म एक अभिनेत्री हँु र यो मेरो कामको प्रकृति हो ।’ यद्यपि उनले सेक्स सिंबल हुनु आफ्नो जीवनको लक्ष्य नभएको पनि स्पष्ट पारेकी छन् ।



