संसारमा सबैभन्द ठूलो चिज पैसा । पैसा बिना यहाँ केहि हुन सक्दैन् । जबकी पैसा भएन भने आफ्नै भनिएकाहरु पनि टाढा हुन्छन् । मंहगीको दुनीयाँमा सामान्य मानिसलाई एक छाक टार्न धौ-धौ पर्छ । बाध्यता कहाँ सम्म हुन्छ भने पैसाको लागि मानिसहरु जस्तोसुकै काम गर्न पनि पछाडि पर्दैनन् ।
तर, पैसा कमाउनेका मान्छेका बेग्लै तरिका पनि छन्। अर्थात मानिसले ५ हजार रुपैयाँमा पनि महिनाभरको खर्च चलाउँछन् भने अर्कोतर्फ विश्वका यस्ता पनि मानिस छन्, जसको मानिक खर्च ५ करोडभन्दा पनि धेरै हुन्छ।

युवा पुस्तामा पैसा कमाउने निकै उत्सुकता हुन्छ। युवा पुस्ता पैसा कमाउन आफ्नो घर छोडेर अर्को शहरमा जाने प्रचलन बढ्दो छ। आज हामी तपाइँलाई केही यस्ता युवतीका बारेमा जानकारी दिन गइरहेका छौं जसले पैसा कमाउनलाई यस्तो काम रोजे, जुन कामलाई विश्वका केही भागमा फोहोरी कामका रुपमा चित्रण गरिन्छ।
यही मेसोमा आज हामी तपाइँलाई सामाजिक संजालमा भाइरल भएको एक तस्वीरका बारेमा जानकारी दिन गइरहेका छौं। सामाजिक संजालमा भाइरल भएको यो फोटोमा केही युवतीहरु छन्। जो पैसाको थुप्रोमा बसेर फोटो खिचाइरहेका छन्।
पैसाको थुप्रोमा बसिरहेका यी युवती कुनै साधारण युवती होइनन् यिनीहरु त स्ट्रिप डान्सर हुन्। स्ट्रिप डान्सर, जसलाई केही देशमा नराम्रो नजरले हेर्ने गरिन्छ। तर कुनै पनि देशमा स्ट्रिप डान्सिङलाई लिएर प्रतिबन्ध भने लगाइएको छैन्।
पैसाको गड्डी माथि खेलिरहेका यी युवती स्पष्ट रुपमा आफ्नो कमाइको बखान गरिरहेका छन्। र, उनीहरु निकै खुशी पनि देखिएका छन्। स्ट्रिप डान्स गर्ने युवतीबीच आफ्नो कमाइलाई लिएर निकै मतभेद हुन्छ। एक अध्ययनका अनुसार स्ट्रिप डान्स गर्ने युवतीको वार्षिक कमाइ ५० लाख रुपैयाँको आसपास हुन्छ।

जबकि अमेरिका जस्ता प्रतिष्ठित मुलुकमा चर्चित वकिलको कमाइ पनि त्यति हुँदैन। स्ट्रिप डान्सर्सको कमाइको अध्ययन २०१० मा बेलायतमा गरिएको थियो।भारतजस्ता केही देशमा स्ट्रिप डान्सिङलाई नराम्रो मानिन्छ। यही कारण यस्ता डान्सर्सलाई पनि नराम्रो नजरले हेर्ने गरिन्छ।




