काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

मंगलबार सुन प्रतितोला मूल्य ५७ हजार २ सय रुयैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

मंगलबार तेजावी सुन प्रतितोला ५६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

मंगलबार चाँदी प्रतितोला मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७६० रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय