विश्वकप फुटबलको क्वाटरफाईनलका खेल अन्तरगर्त पहिलो खेलमा फ्रान्स र उरुग्वे विचको खेलमा फ्रान्सले १-० गोल अन्तरको अग्रता लिएको छ । खेलको चालिसौँ मिनेटमा फ्रान्सले पाएको फ्रि किकको अवसरलाई भरानेले उत्कृष्ट गोल गर्दै खेलमा एक शुन्य गोलको अग्रता लिन सफल भएको छ ।। उरुग्वेका रोड्रिगो बेन्टनकुरले फ्रान्सका कोरेन्टिन टोलिस्सोलाई फउल गरेपछि एन्टोनीयो ग्रिजम्यानले प्रहार गरेको फ्रिकिकमा भरानेले उत्कृष्ट हेड गोल गरेका हुन्। दुवै टोलीले पहिलो हाफमा पाएका केहि अवसर सदुपगोग गर्न सकेनन्।
प्रि क्वाटरफाइनलमा पोर्चुगलसँग भएको खेलमा घाइते भएका उरुग्वेका एडिन्सन काभानी आजको खेलमा उपस्थित छैनन्। काभानीले २ गोल गर्दै उरुग्वेलाई क्वाटरफाइलमा प्रवेश गराएका थिए।
समूह चरण अन्तर्गत खेलेका तीनवटै खेलमा उरुग्वे विजयी भएको थियो भने पोर्चुगललाई शीर्ष १६ अन्तर्गतको खेलमा २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो । उरुग्वेले प्रतियोगितामा हालसम्म विपक्षी टोलीबाट एक मात्रै गोल खाएको छ भने कुल ७ गोल गरेको छ ।
यस्तै समूह चरणका खेलमा दुइमा जीत र एकमा बराबरीको नतिजा निकालेको फ्रान्सले समेत आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शीर्ष १६ अन्तर्गतको खेलमा अर्जेन्टिना जस्तो बलियो टोलीलाई ४–३ को नमिठो हार चखाएको फ्रान्सको आक्रामक खेल शैली उसको बलियो पक्ष रहेको छ। दुवै टोली अपराजित रहँदै विश्वकपको क्वाटरफाइनलमा पुगेका हुन्।



