एजेन्सी । फ्रान्स विश्वकप फुटलबलको सेमिफाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

फ्रान्सलाई जित दिलाउन एन्टोइनी ग्रिजम्यान र राफेयल भरानेले गोल गरे । पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल गर्दै जित शुनिश्चित गरेको हो ।

फ्रान्सका लागि राफेयल भरानेले गोल गर्दै १–० गोलको दिलाएका थिए । राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा उरुग्वेले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफमा उरुग्वेले एकपछि अर्को बल प्रहार गरेको थियो । तर गोल गर्न भने सकेन । फ्रान्सले पनि गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।

खेलको ६१औं मिनेटमा ग्रिजम्यानले डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत भएको हो । उरुग्वेका गोलकिपरको कमजोरीका कारण गोल हुन पुग्यो । किपरले बललाई रोक्ने प्रयास गरेका थिए । तर हातबाट बल चिप्लिएर पोष्टभित्र छिरेको थियो ।

दोस्रो हाफमा पनि उरुग्वेले गोल गर्ने राम्रो अवसर सिर्जना गरेको थियो । तर गोल गर्न भने सकेन । फ्रान्ससँग पराजित भएसँगै उरुग्वे विश्वकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah