काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा आजबाट सेमिफाईनलको खेल सुरु हुँदैछ । पहिलो सेमिफाईनलमा युरोपकै फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै टोली समुह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका थिए ।
फ्रान्स समुह सी र बेल्जियम समुह जीको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । प्रतियोगितामा दुवै टोली अपराजित छन् । नकआउट चरणमा फ्रान्सले अजेन्टिना र बेल्जियमले जापानलाई पराजित गरेको थियो ।
क्वाटरफाईनलमा फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई हराउँदै अन्तिम ४ को यात्रा तय गरेका थिए । सेन्ट पिटरवर्गको क्रिस्टोवस्की रंगशालमा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।



