एजेन्सी। चीनमा एक युवतीले सडकमा नै बच्चा जन्माएको घट्ना सार्वजनिक हुन आएको छ। १५ वर्षीया ती युवती आफ्नो आमा र हजुरआमासँग सडकमा हिडिरहेकी थिइन्।
सोही क्रममा युवतीले बच्चालाई जन्म दिएकी हुन्। हैरान बनाउने कुरा त के छ भने ती युवतीकी आमालाई उनी गर्भवती भएको पत्तै थिएन। छोरीले बच्चा पाएको थाहा पाएपछि आमा र हजुरआमाले मिलेर बच्चालाई छोरीबाट अलग्याए र बाटोमा नै फ्याकी दिए।
विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ती युवतीकी आमाले छोरी अहिले नै आमा बन्ने उमेरको नभएको भन्दै बच्चालाई सडकमा नै फ्याकी दिएकी हुन्। तर पछि गएर बच्चा र युवती दुवैलाई उपचारको लागि हस्पिटल भर्ना गरिएको बताइएको छ।



